राजनीति/ समाज
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’...
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेस गरिने
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन गत चैत्र ३ गते शुक्रबार शुक्रबार...
स्ववियु निर्वाचन आज हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । आज ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही...
कांग्रेसले केन्द्रीय कार्य सम्पादनको बैठक बोलायो
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक आइतबार बिहान साढे १० बजे बस्ने गरी बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार, बैठकमा प्रधानमन्त्री पुषपकमल दाहाल (प्रचण्ड) को विश्वासको मतबारे छलफल हुनेछ । यस्तै, कांग्रेसले आइतबार नै संसदीय...
मकवानपुरका दुई जना मृत अवस्थामा फेला
मकवानपुर । मकवानपुरमा शनिबार एकैदिन दुई जनाको शव फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकामा गरी दुई छुट्टाछुट्टै स्थानमा गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहान ८ः३० बजेको समयमा...
राष्ट्रपतिको चियापान आज, देशैभरका सांसद सहभागी हुने
काठमाडौं । राष्ट्रपतिको चियापान कार्यक्रम आज हुने भएको छ । त्यसको लागि राष्ट्रपति रामचन्द्र पौडेलले देशैभरका संघ र प्रदेशका सांसदहरुलाई शीतल निवासमा बोलाएका छ्न । उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले बिहान ९ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् । उपराष्ट्रपति निर्वाचनको...
उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन ५ गते राष्ट्रपति समक्ष पेश गरिने
काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन चैत्र ५ गते राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगका अनुसार, शुक्रबार सम्पन्न...
‘चैत्र १० गते सरकारले पूर्णता पाउँछ’
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले चैत्र १० गते सरकारले पूर्णता पाउने बताएका छन् । शुक्रबार लगानी बोर्डको बैठकपछि न्युज एजेन्सीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । उनले आफूले चैत्र ६ गते विश्वासको मत लिने र त्यसको तीन/चार दिनसम्ममा सरकारले पूर्णता पाउने बताएका हुन् । प्रधानमन्त्री...
उपराष्ट्रपतिमा जसपाका रामसहाय यादव विजयी
काठमाडौं । उपराष्ट्रपति पदमा जसपाका उम्मेदवार रामसहाय प्रसाद यादव विजयी भएका छन् । शुक्रबार भएको निर्वाचनमा नेकपा एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै यादव उपराष्ट्रपति पदमा विजयी भएका हुन् । निर्वाचनमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत गरी ८२९ मत खसेको थियो...
उपराष्ट्रपति निर्वाचन : मतगणना कार्य सुरु
काठमाडौं । उपराष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ । शुक्रबार बानेश्वरस्थित संसद भवनमा भएको उपराष्ट्रपति निर्वाचनको मतगणना केहीबेर अघिबाट सुरु भएको हो । निर्वाचनमा ८२९ मत खसेको छ । मतदानमा ३११ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्य गरी ८२९ जनाले मतदान गरेका हुन् । संघीय संसदका ३३४ जनामध्ये...










