राजनीति/ समाज

कोशी प्रदेशका मुख्यमन्त्री थापाले आज शपथ लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदैछ । मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ लिने भएका हुन् । आजै मन्त्रीपरिषद् विस्तार गर्ने पनि थापाको तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणको...

कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मंगलबार साँझ मुख्यमन्त्री नियुक्त गरेका हुन् । मंगलबार नै पौने ५ बजे थापाले प्रदेश सभाका ४७ सदस्यको आफूलाई समर्थन रहेको भन्दै प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए ।...

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

काठमाडौं । संवैधानिक परिषद्को बैठक हाल प्रधानमन्त्री कार्यालय सिंहदरबारमा जारी छ । बैठकले भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले यही साउन २० गतेबाट अवकाश पाउने भएपछि संवैधानिक परिषद् बैठक बसेर प्रधानन्यायाधीशको नाम सिफारिस गर्न लागेको हो ।

सभामुख गौतमले दिए पदबाट राजीनामा

विराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले गठबन्धनको नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएका हुन् । सभामुख गौतम आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेश सभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । गौतमको राजीनामासँगै ९३ सदस्यीय...

प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् संचालनको प्रक्रिया प्रभावित बनेको हो । सहज ढंगले बैठक संचालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा...

राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकीकरण हुँदै

काठमाडौं । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो । आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । सोमबार स्थगित भएको प्रतिनिधि सभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । संघीय संसद् सचिवालयका अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि जेलमा रहेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी आज...

जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । चुनावको खर्च विवरण सार्वजनिक नगरेको भनी उम्मेदवारहरुलाई जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । मोरङ–२ मा हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभा उम्मेदवार विनोद भट्टराईले आफूले खर्च विवरण फेसबुकमार्फत सार्वजनिक गर्दा पनि आयोगले १५ हजार रुपैयाँ जरिवानाको निर्णय गरेको भन्दै सर्वोच्च अदालतमा रिट...

प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौं । प्रतिनिधि सभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकिने भन्दै भोलि साउन १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६...

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक सोमबार बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यसैगरी, राष्ट्रपति कार्यालय र...