राजनीति/ समाज
बागमतीमा नयाँ मन्त्रालय स्थापित, चित्रकारले पाए जिम्मेवारी
मकवानपुर । बागमती प्रदेश सरकारमा आइतबार नयाँ मन्त्रालय स्थापित गरिएको छ । प्रदेशमा ११ वटा मन्त्रालयमध्ये पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयलाई विभाजन गरी १२ वटा बनाइएको हो । नयाँ मन्त्रालयको रुपमा स्थापित उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी मन्त्री रामकृष्ण चित्रकारलाई तोकिएको छ । चित्रकार बागमती प्रदेश सरकारमा लामो...
माओवादी केन्द्रका नेताहरुको विभाग हेरफेर
काठमाडौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरुको विभाग हेरफेर गरिएको छ । केन्द्रीय समिति बस्नुअघि बालुवाटारको पदाधिकारी बैठकमार्फत अध्यक्ष प्रचण्डले जिम्मेवारी हेरफेर गराएका हुन् । त्यसअन्तर्गत उपमहासचिव वर्षमान पुन अनन्तले विशेष प्रदेशको जिम्मेवारी पाएका छन् । यस्तै, अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी...
विदेशमा रहेका मतदाताको नामावली संकलनको तयारी
काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्न आन्तरिक तयारी सुरु गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संसदीय समितिमा साउन १ गतेबाटै नामावली सङ्कलन हुने भनिएपनि आन्तरिक तयारी बल्ल सुरु गरिएको छ । आयोगको मतदाता नामावली तथा निर्वाचन संचालन शाखाका अनुसार कानूनी, आर्थिक...
संगठन शुद्धीकरण अभियानमा सहभागी हुन तरुण दलको निर्देशन
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलले पार्टीले सुरु गरेको संगठन शुद्धीकरण अभियानमा सहभागी हुन दलका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । दलका अध्यक्ष विद्धान गुरुङले एक विज्ञप्ति जारी गरी आजदेखि साउन ३० गतेसम्म हुन लागेको पार्टीको संगठन शुद्धीकरण अभियानमा सहभागी भएर कांग्रेस र लोकतन्त्रलाई बलियो बनाउने...
माओवादी केन्द्रीय समिति बैठक आज पनि जारी रहने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । गत बुधबारदेखि सुरु भएको समिति बैठकमा हालसम्म झन्डै १ सय ४१ जना नेताले आ आफ्नो धारणा राखिसकेका छन् । आगामी मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका...
माओवादीको केन्द्रीय सदस्यमा २२ महिला थपिए
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा २२ जना महिला थपिएका छन् । यससँगै माओवादीको केन्द्रीय कमिटी ४०७ सदस्यीय पुगेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्याउन २२ जना महिला थप्ने प्रस्ताव गरिएको थियो । माओवादी केन्द्रले आङ्दावा...
रास्वपाद्वारा केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तयार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागको प्रमुख, पदाधिकारी र सदस्य हुन मापदण्ड तय गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले केन्द्रीय विभागका प्रमुखसहित पदाधिकारी, प्रदेश र गाउँपालिकाका प्रमुख तथा पदाधिकारी सदस्यका लागि योग्यता निर्धारण गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । त्यस्तै, स्नातक उत्तीर्ण...
सरकारको समर्थनलाई निरन्तरता दिने जनमत पार्टीको निर्णय
काठमाडौं । जनमत पार्टीले संघ र प्रदेश सरकारको समर्थनलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने बताएका हुन् । प्रचण्ड नेतृत्वको सरकारले पार्टीलाई सरकारमा सहभागी गराउन ढिलाई गरेको समेत सो बैठकको निष्कर्ष छ । त्यसैले पार्टीभित्र...
माओवादी केन्द्रको आजको बैठकमा सदस्यहरूले धारण राख्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । गत बुधबारदेखि सुरु भएको आज पनि जारी रहेन भएको हो । आजको बैठकमा हालसम्म झण्डै चार दर्जन नेताले आ–आफ्नो धारणा राखिसकेका छन् । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम...
सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी
काठमाडौं । सिंहदरबारमा संवैधानिक परिषद्को बैठक हाल जारी छ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयमा परिषद्को बैठक केहीबेर अघि सुरु भएको हो । गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न सकेको थिएन । बैठकले नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने तयारी छ ।...








