राजनीति/ समाज
संसदीय सुनुवाइ समिति : ६ राजदूत सर्वसम्मतिले अनुमोदन
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देश तथा कूटनैतिक नियोगका लागि सिफारिस ६ राजदूतको सर्वसम्मतिले अनुमोदन गरेको छ । बुधबार र बिहीबार भएको २ दिनको संसदीय सुनुवाइपछि प्रस्तावित राजदूतहरूलाई सर्वसम्मतिले अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि...
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ः०१ बजे बस्ने गरी बोलाइएको हो । संसद् सचिवालयका अनुसार, बैठकमा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने, राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी...
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १७ जनाले आ–आफ्नो धारणा राखिसकेका छन् । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेको छ...
कोशीमा मुख्यमन्त्रीसँगै तीन मन्त्रीले लिए शपथ
काठमाडौं । कोशी प्रदेशमा मुख्यमन्त्री उद्धव थापासहित तीन मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री थापाले निर्वतमान सभामुख माओवादी केन्द्रका नेता बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच थापाले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै अन्य मन्त्रीले...
माओवादीले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २४ जना महिला थप गर्ने भएको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न २४ जना महिला थप गर्ने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको केन्द्रीय समिति बैठकमा गरेका छन् । हाल माओवादी केन्द्रको केन्द्रीय समितिमा ३८५ जना छन्, २४...
७ लाख ५२ हजार ९५६ जना पार्टी सदस्य रहेको माओवादीको दाबी
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी ७ लाख ५२ हजार ९५६ जना सदस्य संख्या रहेको दाबी गरेको छ । बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा सांगठनिक प्रतिवेदन वाचन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सदस्य संख्या पनि सार्वजनिक गरेका हुन् । उनका अनुसार, माओवादीले सबैभन्दा धेरै पार्टी सदस्य बागमती...
माओवादीले भदौदेखि ‘जनतासँग पार्टी अभियान’ चलाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ । बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ संचालन गर्ने जानकारी गराएका हुन् । त्यस्तै, अभियानका...
माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
काठमाडौं । केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक हा जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको हो । उक्त बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफल, सुझाव र सल्लाहसहितको...
कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोक्यो
काठमाडौं । नेपाली कांग्रेसले पार्टी संगठन सुदृढीकरणका लागि ७७ वटै जिल्लामा खटिने केन्द्रीय प्रतिनिधि तोकेको छ । प्रतिनिधिहरु साउन २० देखि ३० गतेसम्म आन्तरिक पार्टी संगठन सदृढीकरणका लागि परिचालित हुने छन् । केही जिल्लामा केन्द्रीय सदस्यहरु र केहीमा पूर्व केन्द्रीय सदस्यलाई खटाइएको छ । केन्द्रीय सदस्य तर, सांसद पनि...
हेटौंडा–२ मा युवा संघको कमिटी गठन
मकवानपुर । हेटौंड़ा उपमहानगरपालिका वड़ा नम्बर २ मा राष्ट्रिय युवा संघ नेपालको कमिटी गठन गरिएको छ । जितेन जंग कार्कीको संयोजकमा १३ सदस्यीय आयोजक कमिटी गठन गरिएको हो । युवा संघ सचिवमा किरण खनाल लगायतका चयन भएका छन् । कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सदस्य भोजराज ढकाल, राष्ट्रिय युवा...








