राजनीति/ समाज

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बस्ने भएको पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठकले यसअघि स्थगित गरिएका स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय समिति बैठकको नयाँ मिति तय गर्नेछ । यसअघि तय भएको साउन...

प्रधानमन्त्रीद्वारा संवैधानिक परिषद्को बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संवैधानिक परिषद्को बैठक आह्वान गरेका छन् । उपसभामुख इन्दिरा रानाले मंगलबार अपराह्न ४ बजे बैठक बस्ने गरी सूचना आएको जानकारी दिइन् । बैठकमा भावी प्रधानन्यायाधीश सिफारिसबारे छलफल हुने बताइएको छ । हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल यही साउन २० गते सकिँदैछ ।...

बागमती प्रदेश मन्त्रीपरिषद् : श्रम तथा रोजगार नीति २०८० पारित

मकवानपुर । बागमती प्रदेश सरकारले आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० पारित गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको बैठकले श्रम तथा रोजगार नीति २०८० पारित गरेको प्रदेशको भौतिक पूर्वाधार विकास मनत्री युवराज दुलालले जानकारी दिए । यस्तै, उक्त बैठकले प्रदेश...

बागमती प्रदेश सरकारद्वारा दुई जना कर्मचारीलाई बढुवा गर्ने निर्णय

मकवानपुर । बागमती प्रदेशको सरकारले २ जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रदेशको आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको बैठकले स्वास्थ सेवा तर्फका नारायण बहादुर कार्कि र इन्जिनियर सेवा तर्फका...

माओवादीको पदाधिकारी बैठक स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार साँझ बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । बैठक सोमबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको माओवादी पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार, पदाधिकारी बैठकले साउन १७ गतेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्नेछ ।

निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका छन् । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उनीहरुले उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन् । रास्वपाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र...

माओवादी केन्द्रद्वारा विधान सम्मेलन गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले पहिलो पटक विधान सम्मेलन गर्ने तयारी गरेको छ । पार्टीको साउन १७ गतेदेखि तीन दिनसम्म काठमाडौंमा बस्ने केन्द्रीय समिति बैठकमा विधान सम्मेलनबारे छलफल हुने भएको हो । २०७८ साल पुसमा भएको आठौँ महाधिवेशन लगत्तै विशेष महाधिवेशन गर्ने समझदारी भएको थियो । तर, पार्टी पदाधिकारी...

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो । कोशी प्रदेशमा नयाँ सरकार गठन र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको...

एकीकृत समाजवादीको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक भोलि साउन १५ गते बस्ने भएको छ । बैठक मीनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । सो बैठकमा पार्टीका विभिन्न तहका बैठक कहिले र कहाँ गर्ने विषयमा छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीको यही साउन १६ र...

कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान

काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका छन् । प्रदेश प्रमुख खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको...