राजनीति/ समाज
कोरम नपुग्दा लेखा समितिको बैठक स्थगित
काठमाडौं । कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । अघिल्लो कार्यकालका उजुरीबारे छलफलका लागि शुक्रबार बोलाइएको बैठक स्थगित भएको हो । २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्छ । तर, १३ जना मात्रै उपस्थित भएका थिए । समितिका उपसचिव साबित्रा शर्माका अनुसार अर्को बैठक...
राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार मिटर व्याज सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपति पौडेलले मिटर व्याजसम्बन्धी (मुलुकी संहिता) केही नेपाल ऐनलाई संशोधन गर्न बनेको उक्त विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा...
प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने भएका छन् । संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन गत साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका उनी आज स्वदेश फर्कने भएका हुन् । भ्रमणका क्रममा...
गगन थापाले तिरे निर्वाचन आयोगलाई जरिवाना
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं–४ का प्रतिनिधि सभा सदस्य गगन थापाले निर्वाचन आयोगलाई १५ हजार रुपैयाँ जरिवाना तिरेका छन् । निर्वाचन आयोगले चुनाव खर्च विवरण बुझाएर सार्वजनिक नगरेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवारलाई १५ हजार जरिवाना तोकेको थियो । थापाले सामाजिक सञ्जालमार्फत आयोगले...
कोशीका मुख्यमन्त्री थापाको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार न्यायाधीशहरु क्रमशः ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदरको आदेश दिएको हो । गत असार २१ मा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री पदमा दाबी...
रास्वपाले भदौसम्ममा प्रशिक्षण सक्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनासम्ममा सात वटै प्रदेशमा प्रशिक्षण कार्य सम्पन्न गरिने भएको छ । रास्वपाले कोशी र लुम्बिनी प्रदेशमा भने प्रशिक्षण कार्य सम्पन्न गरिसकेको छ । यस्तै, गण्डकी प्रदेशको प्रशिक्षण साउन २६ र २७ पोखरामा हुने तय भएको छ भने सुदूरपश्चिमको प्रशिक्षण धनगढीमा साउन...
सडक विस्तारको काम रोक्न नहुने भन्दै ७३ वर्षीय वृद्ध अनशनमा
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा बजार क्षेत्रमा सडक विस्तारको काम रोक्न नहुने भन्दै ७३ वर्षीय वृद्ध अनशनमा बसेका छन् । ती वृद्ध सडक डिभिजन कार्यालय हेटौंडाको गेटमा अनशन बसेका हुन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ निवासी मानबहादुर तामाङ सडक विस्तारको काम रोक्न नहुने भन्दै गत साउन...
सर्वोच्चको फैसलाले सडक विस्तार रोकिँदैन, १६ गतेबाट डोजर चलाउँछौँः प्रमुख यादव
मकवानपुर । सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सडक विस्तार कार्य अगाडि बढ्ने बताएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा बजार क्षेत्रमा सडक विस्तारका लागि आवश्यक तयारी अगाडि बढिसकेको भन्दै सूचनामा तोकिएको अवधि सकिएसँगै विस्तार कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए । हेटौंडा बजार क्षेत्रको ३४१ घरधनीहरुले...
कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमाथि आज फैसला हुने
काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दर्ता भएको रिट निवेदनमाथिको आज बिहीबार फैसला हुने भएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो । इजलासले बुधबार सुनुवाइ सकेकोले बिहीबार फैसला...
दक्षिण कोरियाको श्रमिक एनआरएनए अध्यक्ष पदको उम्मेदवार
दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नवौँ राष्ट्रिय महाधिवेशनका लागि श्रमिक भिसामा रहेका संजिव कुमार राईले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यही साउन १३ र १४ गते (जुलाई २९ र ३० तारिक) हुने महाधिवेशनमा एनआरएनए आठौं कार्यसमितिमा वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका राईले अध्यक्ष...









