राजनीति/ समाज

निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्नेलाई १५ हजार रुपैयाँ जरिवाना

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने २ हजार ४३५ उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको छ । आयोगले तोकिएको समयभित्र निर्वाचन खर्चको विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १ हजार ३७ जना र प्रदेश सभातर्फका १ हजार ३९८ गरी कुल २ हजार ४३५ जना उम्मेदवारहरूलाई जरिवाना गर्ने निर्णय...

चिनियाँ कम्यूनिष्ट नेता युआन र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र चिनियाँ कम्यूनिष्ट पार्टीका नेता युआन च्याचिनबीच भेटवार्ता भएको छ । नेपाल भ्रमणमा रहेका बेला चिनियाँ कम्युनिष्ट पार्टी सीपीसीका पोलिटव्युरो सदस्य युआनले आज बिहान च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा ओलीसँग भेट गरेका हुन् । भेटमा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको नेकपा...

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक यही साउन २० र २१ गते बस्ने भएको छ । बैठक काठमाडौंमा बस्ने भएको हो । बैठकले पार्टीको महाधिवेशनको मिति र स्थान तय गर्ने जनाइएको छ । पार्टीको पोलिटब्यूरो सदस्य दिलु पन्तले आगामी माघ महिनामा पार्टीको महाधिवेशन सम्पन्न गरी देशभर...

एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षमा पाण्डे

काठमाडौं । नेकपा एकीकृत समाजवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र पाण्डेले पाएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन अध्यक्ष माधवकुमार नेपाल इन्डोनेसिया प्रस्थान गरेपछि पार्टीका उपाधयक्ष समेत रहेका उनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । बैठकमा सहभागी भएर अध्यक्ष नेपाल सिङ्गापुर र मलेसिया जाने कार्यसूची रहेको छ ।

सोमबार स्थगित लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

दाङ । लुम्बिनी प्रदेश सभाको दोस्रो अधिवेशनको २० औं बैठक आज बस्दैछ । सोमबार स्थगित गरिएको बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । आजको बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले ‘प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको...

खर्च विवरण सार्वजनिक नगर्ने २५ सय उम्मेदवारलाई कारबाही

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने झण्डै २५ सय उम्मेदवारमाथि कारबाही हुने भएको छ । खर्च विवरण सार्वजिनक नगर्ने दुई हजार ४४० जना उम्मेदवारमाथि कारबाही हुने भएको हो । जसमा एक हजार ४३ जना प्रतिनिधि सभा सदस्य पदका...

एमालेले गण्डकी बाहेक सबै प्रदेशको अधिवेशन मिति तोक्यो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रदेशहरुको अधिवेशनको मिति तोकेको छ । केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले गण्डकी बाहेक सबै प्रदेशको अधिवेशन मिति तोकेको जानकारी दिए । उनका अनुसार, कोशी प्रदेशको अधिवेशन आगामी १२ र १३ गते, मधेश प्रदेशको अधिवेशन असोज ५ र ६ गते, बागमती प्रदेशको अधिवेशन...

कांग्रेस सभापति देउवा र चिनियाँ नेताहरूबीच आज भेटवार्ता हुँदै

काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य युआन जियाजुन नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता हुने भएको छ । देउवासँग आज दिउँसो भेटवार्ता गर्ने तालिका तय भएको बताइएको छ । टोलीले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेको थियो...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने भएको हो । गत साउन २ गतेदेखि जारी केन्द्रिय समिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् । बैठकमा केन्द्रीय सदस्य, कांग्रेसका मन्त्री र सहमहामन्त्रीले आ आफ्नो धारणा राखिसकेका छन्...

नेकपा माओवादी केन्द्रका ५ नेता भारत प्रस्थान

काठमाडौं । सत्तारुढ माओवादी केन्द्रका एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत प्रस्थान गरेका हुन् । उनीहरु भाजपाको निमन्त्रणमा चनरथ गएका हुन् । उनीहरु भारतमा रहँदा ‘भाजपालाई चिन्नुस्)’ भन्ने कार्यक्रमका साथै...