कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौं । कोशी प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका छन् ।
प्रदेश प्रमुख खापुङले साउन १६ गते अपराह्न ५ बजेभित्र संविधानको धारा १६८(२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।
गत असार २१ मा भएको मुख्यमन्त्री नियुक्ति तथा सरकार गठन सन्दर्भमा सर्वोच्च अदालतको आदेशबमोजिम नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
