बागमती प्रदेश मन्त्रीपरिषद् : श्रम तथा रोजगार नीति २०८० पारित
मकवानपुर । बागमती प्रदेश सरकारले आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले प्रदेश श्रम तथा रोजगार नीति २०८० पारित गरेको छ ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको बैठकले श्रम तथा रोजगार नीति २०८० पारित गरेको प्रदेशको भौतिक पूर्वाधार विकास मनत्री युवराज दुलालले जानकारी दिए ।
यस्तै, उक्त बैठकले प्रदेश सरकारका विभिन्न कार्यालय तथा निकायमा कार्यरत कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । बैठकले सरकार मातहत रहेर काम गर्दै आएका अस्थायी र करारका १ हजार ५९५ जनाको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।
