बागमती प्रदेश सरकारद्वारा दुई जना कर्मचारीलाई बढुवा गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेशको सरकारले २ जना कर्मचारीलाई ११ औं तह (प्रदेश सचिव) पदमा बढुवा गर्ने निर्णय गरेको छ । प्रदेशको आइतबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा भएको बैठकले स्वास्थ सेवा तर्फका नारायण बहादुर कार्कि र इन्जिनियर सेवा तर्फका लोकनाथ रेग्मीलाई ११ औं तहमा बढुवा गर्ने निर्णय गरेको प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।
उनका अनुसार, बैठकले प्रदेश निजामती सेवा ऐन २०७९ कार्यान्वयन गर्दै उनीहरुलाई सो तहमा बढुवा गर्ने निर्णय गरेको हो । ऐन अनुसार सो तह प्रदेश सचिव सरह हुने व्यवस्था रहेको छ ।
प्रदेश सरकारले यसअघि नै ऐन अनुसार दुई जनालाई ११ औं तहमा बढुवा गरि पद्स्थापन गरिसकेको छ । यो निर्णयसंगै प्रदेश सरकारमा ४ जना सचिव नियुक्त भएका छन् ।
