प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० श्रावण १४, आईतवार १३:२८
file-photo

काठमाडौं । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आज बिहान बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको थियो ।

कोशी प्रदेशमा नयाँ सरकार गठन र सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको तयारी भइरहेको बेला उनीहरुबीच भेटवार्ता भएको हो ।