निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालतमा रिट दर्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरुले निर्वाचन आयोगको निर्णयविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता गराएका छन् ।
निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उनीहरुले उच्च अदालत पाटनमा रिट दर्ता गराएका हुन् ।
रास्वपाका सांसदहरू विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुली र सोबिता गौतमले रिटमा निर्वाचन खर्च विवरण सार्वजनिकको दाबी पनि गरेका छन् ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराएको भन्दै निर्वाचन आयोगले २४ सयभन्दा बढी उम्मेदवारलाई जनही १५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
निर्वाचन आयोगले प्रक्रिया पूरा नगरी कारबाही गरेको उनीहरुको रिटमा उल्लेख गरिएको छ ।