सभामुख गौतमले दिए पदबाट राजीनामा

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार १६:४७
file-photo

विराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले गठबन्धनको नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएका हुन् ।

सभामुख गौतम आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेश सभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

गौतमको राजीनामासँगै ९३ सदस्यीय प्रदेश सभामा गठबन्धनलाई सरकार बनाउन आवश्यक बहुमत ४७ सांसद पुग्नेछ । गौतम नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेश सभामा एमालेका ४०, काँग्रेसका २९, माओवादीको सभामुखसहित १३, राप्रपाको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ सांसद रहेका छन् ।