प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

तु खबर संवाददाता
२०८० श्रावण १६, मंगलवार १५:२०
file-photo

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् संचालनको प्रक्रिया प्रभावित बनेको हो ।

सहज ढंगले बैठक संचालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सत्तापक्ष प्रमुख सचेतकको आग्रहमा प्रतिनिधि सभाको बैठक आगामी साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसदमा महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै मंगलबालका लागि बोलाइएको बैठक विशेष कारण बस्न स्थगित गर्नुपरेको जानकारी गराए ।