सभामुखसहित शीर्ष नेताहरुको बैठक मंगलबार पुनः बस्ने
काठमाडौं । सभामुख देवराज घिमिरसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक मंगलबार पुनः बस्ने भएको छ । सदनको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठक विना निष्कर्ष टुंगियोपछि मंगलबार पुनः बैठक बस्ने भएको हो ।
मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको सभामुख घिमिरेले बताए । उनले भने, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’
शीर्ष नेताहरुका बीचमा सहमति नजुटेपछि सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे सम्मतका लागि सूचना टाँसेर स्थगित गरिएको थियो ।
