सभामुखसहित शीर्ष नेताको बैठक पुनः सुरु

तु खबर संवाददाता
२०८० श्रावण २२, सोमबार १६:२२
file-photo

काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेसहित शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बैठक बानेश्वरस्थित सभामुखको कार्यकक्षमा केहीबेर अघिबाट सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली लगायतको शीर्ष नेताहरु सहभागी रहेका छन् ।

यसअघि आजै सिंहदरबारमा भएको छलफलमा सदनको अवरोध खुलाउने विषयमा सहमति हुन नसकेपछि केहीघण्टापछि उनीहरु पुनः छलफलका लागि जुटेका हुन् ।