बैंक/ बीमा/शेयर
सानिमा मिडिल हाइड्रोको आईपीओ भर्ने आज अन्तिम मिति
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको आईपीओ भर्ने आज अन्तिम मिति रहेको छ । गत फागुन २६ गते शुक्रबारदेखि निष्काशन खुला गरेको उक्त आइपीओ भर्ने आज अन्तिम मिति रहेको कम्पनी जनाएको छ । कम्पनीका अनुासार, आज (मंगलबार) कार्यालय समयभित्र इच्छुक लगानीकर्ताले आइपीओ भर्न सक्ने छन् । उक्त कम्पनीले...
शेयर बजारमा दोहोरो अंकको गिरावट
काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से सूचक आज २४.६८ अंकले घटेर १९५१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँमाथिको...
चालु आवको ७ महिनामा ३२ अर्बमाथिको आर्जन, ६२ अर्ब बाहिरियो
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा सेवातर्फको खर्च बढेको छ । केन्द्रीय बैङ्कका अनुसार, साउनदेखि माघ महिनासम्ममा सेवातर्फ कुल ३२ अर्ब २४ करोड रुपैयाँ आर्जन हुँदै गर्दा उता ६२ अर्ब ५७ करोड रुपैयाँ बराबरको खर्च बाहिरिन पुगेको हो । जसबाट आर्थिक वर्षको ७ महिनामा नै मुलुकलाई ३८...
उतारचढावकाबीच २६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको पहिलो दिन शेयरबजारमा २६ अंकले घटेको छ । प्रि–ओपनिङ्ग सेसनमा बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म २६.८० अंकले घटेर १९७५ को विन्दुमा पुगेर रोकिएको हो । नेप्सेमा सूचीकृत २६० कम्पनीको ४७ लाख ७२ हजार १४० कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६६ करोड ६९...
सातामा ३३ अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । लामो समयको अन्तरालपछि यो साता सेयर बजारमा केही सुधार आएको छ । फागुन २१ गते आइतबारदेखि फागुन २५ गते बिहीबारसम्म जम्मा तीन दिन खुलेको बजारमा नेप्से परिसूचक ३३ अंकले बढेको छ । यद्यपि, फागुन २२ गते होली र फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवस परेकाले सार्वजनिक विदा...
बिहीबार ५० अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार उच्च अंकले बढेको छ । केही समययता निरन्तर ओरालो लागेको नेप्से सूचक आज ५० अंकले बढेर २००२ को विन्दुमा पुगेर रोकिएको हो । आज नेप्से सूचक ५०.०४ अंक अर्थात २.५६ प्रतिशतले बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २६२ कम्पनीको ४५...
सामान्य अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक १४.४१ अंकले बढेर १९५२.६६ पुगेको रोकिएको छ । राजनीतिक अस्थिरताको कारण लगातार घटिरहेको नेप्से आज सामान्य अंकले बृद्धि भएको हो । आज मंगलबार कूल १ अर्ब २० करोड ४४ लाख नौ हजार ४११...
इङवा हाइड्रोपावरको आईपीओ आजदेखि खुला
काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले दुई चरण गरेर आईपीओ निष्कासन गरेको हो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँ अंकित...
१५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैक
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । आन्तरिक ऋण उठाउन राष्ट्र बैङ्कले २८ दिन अवधिका लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो । राष्ट्र बैंकका अनुसार ९१ दिन अवधिका लागि ६ अर्ब...
सातामा शेयरबजार ५३ अंकले घट्दा ७ अर्बको कारोबार
काठमाडौं । यो साता शेयरबजार घटेको छ । अघिल्लो साता ४७ अंकमाथिले नेप्से घटेर २०२२.६४ अंकको विन्दुमा रोकिएको नेप्से यो साता ५३.६१ अंकले घट्दै १९६९.०३ विन्दुमा पुगेर रोकिएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन फेब्रुअरी २३ मा ५७.७४ अंकले नेप्से घट्दै २०२२.६४ अंकमा झरेको थियो । यसको तीन...






