बैंक/ बीमा/शेयर
दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का
काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारको बैंक खाता रोक्का गरिएको छ। सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित पारेको आरोपमा अग्रवालमाथि अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धानकै क्रममा उनीसँगै परिवारका सदस्य र कारोबारमा संलग्न...
वाणिज्य बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, २० बैंकले कमाए ६९ अर्ब ८६ करोड
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकले झण्डै ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । २० वाणिज्य बैंकले सार्वजनक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । नाफा अघिल्लो आर्थिक वर्षको...
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा, के के छन् नयाँ व्यवस्था
वित्तीय प्रणालीलाई थप सुरक्षित, प्रभावकारी र सेवामुखी बनाउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत नियामकीय सुधार, समष्टिगत विवेकशील नियमन, वित्तीय क्षेत्र सुधार तथा बैंकिङ सेवामा संरचनागत परिवर्तनका विभिन्न नीतिगत व्यवस्था अघि सारेको छ। राष्ट्र बैंकले अर्थतन्त्रको कुनै क्षेत्रमा प्रणालीगत जोखिमका संकेत देखापरेको अवस्थामा मौद्रिक...
शेयर धितो कर्जा १ खर्ब ६२ अर्ब नाघ्यो, पूँजीबजारमा प्रभाव कमजोर
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने शेयर धितो कर्जामा वृद्धि देखिए पनि त्यसको प्रभाव पूँजीबजारमा देखिएको छैन । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को बैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले शेयर धितोमा आधारित कर्जा लगानी बढाएका छन् । चालु आर्थिक वर्षको १० महिनासम्मको अवधिमा...
शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङविरुद्ध शून्य सहनशीलताको नीति लिइने
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शेयर कर्नरिङ र इन्साइडर ट्रेडिङ जस्ता गविविधिविरुद्ध शून्य सहनशीलताको नीति लिइने बताएका छन्। उनले आगामी आवको बजेट घोषणा गर्दै नेप्सेको पुनर्संरचना अघी बढाएर इन्ट्राडे, सर्ट सेलिङ र डेरिबेटिब जस्ता उपकरणको चरणवद्ध सुरुवात गर्ने बताएका छन्।
बजेटको मुखमा बजारमा हरियाली,कारोबार समेत बढ्यो
काठमाडौँ । बजेटको मुखमा शेयर बजारमा हरियाली देखिन थालेको छ । आगामी बजेटमार्फत शेयर बजारसँग सम्बन्धित केही महत्वपूर्ण विषयहरू सम्बोधन हुने अपेक्षाले लगानीकर्तामा उत्साह थपिएको छ । बजारमा देखिएको पछिल्लो सुधारलाई यही आशासँग जोडेर विश्लेषण गर्न थालिएको छ । नयाँ नेतृत्वको सरकारले ल्याउन लागेको बजेटलाई लिएर शेयर लगानीकर्ताले ठूलो...
हरियालीमा यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
लामो समयपछि शेयर बजारमा हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३०.०८ अकंले बढेर २७५४.४८ बिन्दुमा कायम भएको हो । कारोबार रकममा पनि केहि सामान्य सुधार देखिएको छ । आज ३४६ कम्पनीको १ करोड ६ लाख ६१ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ८२ करोड ८ लाख...
नेप्सेमा सामान्य सुधार,पर्ख र हेर’को मनस्थितिमा लगानीकर्ता
काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिए पनि लगानीकर्तामा उत्साह फर्किन सकेको छैन । लगातारको उतारचढाव र बजारमा बढ्दो अनिश्चितताका कारण लगानीकर्ता अझै ‘पर्ख र हेर’को मनस्थितिमा रहेको देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १.७७ अंकले बढेर २७३१.९४ बिन्दुमा पुगेको छ ।...
बीमापोष्टको वार्षिकोत्सव, वित्तीय पत्रकारितामा थप जिम्मेवार हुने प्रतिवद्धता
‘आर्थिक समृद्धिका लागि बीमाको दीगो विकास’ भन्ने अभियानका साथ सुरु गरिएको बीमापोष्ट डटकमले आफ्नो छैटौं वार्षिकोत्सव मनाएको छ । राइनिसी मिडिया एण्ड रिसर्च सेन्टरद्वारा सञ्चालित बीमापोष्टले वित्तीय पत्रकारितामा थप जिम्मेवार भएर पत्रकारिता गर्ने प्रतिवद्धता समेत जनाएको छ । कार्यक्रममा सहभागीहरूले बीमापोष्टले छोटो अवधिमै बीमा तथा वित्तीय पत्रकारितामा फरक पहिचान...
केही समयदेखि शेयर बजार सीमित समूहको कब्जामा छः अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले केही समयदेखि शेयर बजार समिति समूहको कब्जामा रहेको बताएका छन् । सीमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ तथा जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेर अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाउँदै आर्थिक र राजनीतिक संस्थामाथि समेत प्रभाव जमाउने प्रयास भएको बताए । मंगलवार अर्थ...










