बैंक/ बीमा/शेयर

नेप्से २६ अंकले घट्दा ११ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २६.०७ अंकले घटेर २७९८.८३ विन्दुमा झरेको छ। आज कुल ११ अर्ब ९७ करोड ४६ लाख ९६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। बजार घटेसँगै लगानीकर्तामा उत्साह कम देखिएको छ। आज नेप्सेमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक...

शेयर बजारमा लगानी गर्दा सजग हुन सेबोनको आग्रह

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा लगानी गर्दा देशको समग्र आर्थिक तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्न लगानीकर्तालाई आग्रह गरेको छ। ग्लोबल मनी वीक २०२६ को अवसरमा युवा तथा सर्वसाधारण लगानीकर्तालाई सन्देश जारी गर्दै बोर्डले धितोपत्र बजारमा प्रवेश गर्दा सजग, सूचनामूलक र विवेकपूर्ण निर्णय लिनुपर्ने आवश्यकता औंल्याएको...

चुनावअघिको अन्तिम कारोबार नेप्से ३८ अंकले उकालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार, प्रतिनिधिसभा निर्वाचनअघिको अन्तिम कारोबारको दिन शेयर बजार हरियालीमा बन्द भएको छ। पछिल्लो केही दिनयता निरन्तर सुधार देखिएको बजारमा आज पनि उत्साहजनक कारोबार देखियो। आज आँखु खोला जलविद्युत् कम्पनीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३४ करोड ६५ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको हो।...

चुनाव नजिकिँदै जाँदा बजारमा सकारात्मक संकेत, कारोबार ५ अर्ब नाघ्यो

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा शेयर बजारमा निरन्तर हरियाली देखिएको छ । बजार लगातार पाँचौं कारोबार दिन पनि बढेको छ, जसले लगानीकर्ताको मनोबलमा उल्लेखनीय सुधार ल्याएको छ । आइतबार बजारमा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै शेयर कारोबार राधि विद्युत कम्पनी...

राजनीतिक अनिश्चितताबीच नेप्से तेस्रो दिन पनि उकालो, कारोबार रकम भने सुस्त

काठमाडौँ । राजनीतिक अनिश्चितता र नीतिगत स्पष्टताको अभावका बीच पनि शेयर बजारले लगातार तेस्रो दिन सुधार देखाएको छ । पछिल्लो समय बजारमा क्रमिक सुधारका संकेत देखिँदै जाँदा लगानीकर्तामा सानो आशावाद बढेको छ । तर फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कुनै दलले स्पष्ट बहुमत ल्याउने सम्भावना कमजोर...

चुनावको मुखमै शेयर बजारमा हरियाली

काठमाडौँ । नेपाली शेयर बजारमा आज दोहोरो अंकको सुधार देखिएको छ । सोमबार मात्र झिनो सुधार देखिएको बजार आज भने उल्लेखनीय रूपमा बढेको हो । पछिल्ला केही दिन यता निरन्तर खुम्चिएको बजारले आज सकारात्मक संकेत देखाए पनि कारोबार रकम भने बढ्न सकेको छैन । लगानीकर्ताहरू अझै ‘पर्ख र हेर’...

सुस्त पुँजी बजारः लगानी गुमाउदै लगानीकर्ता

काठमाडौँ । पुँजी बजार पछिल्ला केही हप्तायता निरन्तर ओरालो यात्रामा छ । आज झिनो अकंले बढेपनि लगानीकर्ता निराश छन् । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले लगानीकर्तामा सतर्कता बढाएको छ । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर भएको छ भने सानो नाफा भएपनि शेयर...

पुँजी बजार राताम्य, सुस्ताउँदै कारोबार

काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । पछिल्ला केही साता यता पुँजी बजार निरन्तर ओरालो यात्रामा रहेको हो । बजार घट्दा लगानीकर्ताको मनोबल कमजोर हुँदै गएको छ भने नाफा बुकिङ बढ्दै गएको छ । फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा राजनीतिक अस्थिरता र नीति स्पष्टताको अभावले...

निर्वाचनको प्रतीक्षामा लगानीकर्ता, सेयर बजार अस्थिर

काठमाडौँ । चार दिनको लगातार गिरावटपछि गत बिहीबार देखिएको शेयर बजारको सामान्य सुधार टिक्न सकेन। सोमबार बजार पुनः ओरालो लाग्दै राताम्य यात्रातर्फ फर्किएको छ। बजार घटेसँगै लगानीकर्तामा निराशा बढेको देखिएको छ। बजार बढ्ने अपेक्षामा लगानी गरेका धेरै लगानीकर्ताले अपेक्षित प्रतिफल नपाएपछि बिक्रीतर्फ ध्यान दिन थालेका छन्। यसले आपूर्ति बढ्दा...

कृषि विकास बैंकले खुलायो ठूलो संख्यामा विज्ञापन

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ। बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता भएका इच्छुक व्यक्तिले फागुन २१ गतेसम्म र दोब्बर दस्तूर तिरी...