बैंक/ बीमा/शेयर

नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अमृत लम्साल नियुक्त

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्साल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष लम्साललाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी हुन् नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिको अध्यक्ष तोकेको...

निरन्तर ओरालो लाग्दै वाणिज्य बैंकको ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरूले फागुन महिनाका लागि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। बैंकहरूद्वारा प्रकाशित विवरणले अधिकांशले ब्याजदर घटाएका हुन् । व्यक्तिगत मुद्दति निक्षेपतर्फ हेर्दा फागुन महिनामा बैंकहरूको अधिकतम औसत ब्याजदर घटेको देखिन्छ। माघ महिनामा ४.६८ प्रतिशतविन्दुमा रहेको यस्तो ब्याजदर फागुनमा ०.११ प्रतिशतविन्दुले घट्दै ४.५६ प्रतिशत विन्दुमा झरेको...

नेप्से झिनो अंकले घट्यो, करिब ९ अर्बको कारोबार

काठमाडौं । साता कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ०.०४ अंकले घट्दै २६६२.०९ बिन्दुमा पुगेर बन्द भएको हो । बजारमा आज ३२९ वटा कम्पनीका सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब ६९ करोड २२ लाख रुपैयाँ पुगेको...

चेक बाउन्सको सजाय खुकुलो बनाउने कानूनी संशोधन रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ्ग कारोबारमा चेक अनादर (बाउन्स) सम्बन्धी सजाय कम गर्ने उद्देश्यले गरिएको कानूनी संशोधन तत्काल लागू नगर्न अन्तरिम आदेश जारी गरेको छ। संवैधानिक इजलासले अन्तिम फैसला नभएसम्म पुरानै व्यवस्था कायम राख्न आदेश दिएको हो। सर्वाेच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत सहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार...

नेप्से १०.२५ अंकले घट्यो, बजारमा डर र सतर्कता

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घट्दै ओरालो लागेको छ। अघिल्लो कारोबारमा देखिएको सुधार टिक्न नसक्दा लगानीकर्ताको मनोबल कमजोर बनेको देखिएको छ। बजारमा नयाँ लगानी भित्रिनुको सट्टा ‘पर्ख र हेर’को अवस्था हावी रहँदा थोरै नाफा देखिनासाथ सेयर बुक गर्ने प्रवृत्ति बढेको विश्लेषकहरूले बताएका छन्।...

कारोबार घट्दै जाँदा शेयर बजार सुस्त, केही कम्पनीमा सकारात्मक सर्किट

काठमाडौँ। मंगलबारपछि बुधबार पनि शेयर बजार झिनो अंकले ओरालो लागेको छ। पछिल्ला केही दिनयता बजार सुस्त गतिमा अघि बढिरहेको छ भने कारोबार रकमसमेत निरन्तर घट्दै गएको छ। नयाँ लगानी भित्रिनुको सट्टा लगानीकर्तामा ‘पर्ख र हेर’को प्रवृत्ति देखिँदा बजारको सक्रियता कमजोर बनेको विश्लेषकहरूले बताएका छन्। सूचक सामान्य रूपमा घटे पनि...

कारोबार रकम घट्दै जाँदा शेयर बजारमा निराशा

काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात् मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२.५८ अंकले घटेर २६८३.१५ बिन्दुमा कायम भएको हो । आज कुल ३२२ कम्पनीको १ करोड ८७ लाख ३ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६३ करोड १५ लाख...

प्रभु बैंकका सीईओ अशोक शेरचनको राजीनामा स्वीकृत

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनको राजीनामा स्वीकृत भएको छ । बैंकको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले राजीनामा स्वीकृत गरेको हो । हाल बैंकको कामु सीईओको जिम्मेवारी बैंकका सहायक महाप्रबन्धक निरज लम्सालले सम्हालिरहेका छन् । गत मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले...

पुँजी बजारमा सानो सुधार, कारोबार रकम अझै खुम्चिँदो

काठमाडौँ । लगातार दुई दिनको गिरावटपछि पुँजी बजार आज सामान्य अंकले बढ्दै झिनो सुधारतर्फ उन्मुख भएको छ । अघिल्लो साताको सुरुआतमा देखिएको सुधारले उत्साहित बनेका लगानीकर्ताको मनोबल पछिल्ला दिनमा भने फेरि कमजोर बन्दै गएको देखिन्छ । कारोबार रकम क्रमशः खुम्चिँदै जानुले बजारमा लगानीकर्ताको सहभागिता कमजोर भएको स्पष्ट संकेत गर्दछ...

साताको सुरुवातमै नेप्सेमा करेक्सन, १२ उपसूचक राताम्य

काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार दोहोरो दबाबमा देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा झरेको छ। यस दिन कुल ९ अर्ब १० करोड ९४ लाख ५७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। आज ट्रेडिङ उपसूचक बाहेक अन्य सबै १२ वटा...