बैंक/ बीमा/शेयर

तरलता बढेपछि बजारबाट ३० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बजारमा तरलता बढेपछि सोको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले ५२ दिने निक्षेप संकलन उपकरण मार्फत ३० अर्ब रुपैयाँ तान्न लागेको हो। यसमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्रै बोलकबोल गर्न पाउनेछन्। यसका लागि आज दिउँसो...

झिनो सुधारसहित नेप्से हरियालीमा

काठमाडौं । मंगलबार भारी गिरावट आएको शेयर बजार बुधबार सामान्य सुधारसहित बन्द भएको छ। नेप्से परिसूचक ५.३८ अंकले बढेर २७३१.८९ बिन्दुमा कायम भए पनि लगानीकर्ताको मनोवृत्ति अझै ‘पर्ख र हेर’कै अवस्थामा देखिएको छ। मंगलबार बजारमा नाफा बुक गर्ने प्रवृत्ति हाबी हुँदा तीव्र गिरावट देखिएको थियो। अल्पकालीन नाफा सुरक्षित गर्ने...

नाफा बुकिङ हाबी हुँदा नेप्से ४२ अंकले घट्यो, बजार फेरि राताम्मे

काठमाडौँ । लामो समयपछि आइतबार उल्लेख्य सुधार देखिएको शेयर बजार सोमबार सामान्य करेक्सनमा परेको थियो भने मंगलबार फेरि भारी गिरावटसहित राताम्मे बनेको छ । लगानीकर्तामा नाफा सुरक्षित गर्ने मनोवृत्ति हाबी हुँदा बजारमा दबाब बढेको हो । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधिसँगै पूँजी बजारमा केही दिनयता उत्साह देखिएको थियो...

उच्च कारोबारका बीच नेप्से करेक्सनमा, १६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । शेयर बजारमा पछिल्लो समय देखिएको करेक्सनलाई लगानीकर्ताले सामान्य र स्वाभाविक प्रक्रियाका रूपमा लिएका छन्। आइतबार बजारमा हरियाली आएपछि सोमबार नाफा बुकिङ बढ्दा नेप्से परिसूचक झिनो अंकले ओरालो लागेको हो। बजार करेक्सन हुँदै अघि बढे दीर्घकालीन रूपमा अझ दिगो बन्ने विश्वास लगानीकर्तामा देखिएको छ। देश प्रतिनिधि सभाको निर्वाचन...

राजनीतिक स्थिरताको अपेक्षाले शेयर बजारमा नयाँ ऊर्जा

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार शेयर बजारमा उल्लेखनीय उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुमा पुगेको छ । प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक वातावरण स्पष्ट बन्दै गएको प्रभाव पूँजी बजारमा देखिएको विश्लेषकहरू बताउँछन् । आइतबार शेयर बजारमा पछिल्लो...

पुँजी बजारमा सकारात्मक माहोलः कारोबार फर्किदै रौनक

काठमाडौँ । शेयर बजारमा बुधबार देखिएको गिरावटपछि आज बजारमा केहि सुधार देखिएको छ । नेप्से परिसूचकले सामान्य उकालो लाग्दै पुनः सकारात्मक संकेत देखाएको छ भने कुल कारोबार रकममा पनि वृद्धि भएको छ । राजनीतिक अन्यौल घट्दै निर्वाचन मिति तय भएपछि लगानीकर्तामा पुनः विश्वास फर्किएको कारण बजारमा सुधार देखिएको विश्लेषकहरूले...

होटल फरेष्ट इनको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । होटल फरेष्ट इन लिमिटेडले माघ ४ गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज माघ ८ गते अन्तिम दिन रहेको छ। होटलले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ४० लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो। जसमध्ये...

स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा पौडेल नियुक्त

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएपछि नेतृत्व रिक्त बनेको बोर्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो। हाल स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको रूपमा कार्यरत डा. पौडेललाई...

सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई १ करोड धरौटी आदेश

काठमाडौं । सहकारी ठगी सम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटी बुझाउन आदेश दिएको छ। मंगलबार पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको एकल इजलासले वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको...

निर्वाचन सुनिश्चिततासँगै सेयर बजारमा उत्साह, नेप्से ४२ अंकले उकालो

काठमाडौं । साता कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा उल्लेखनीय हरियाली देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४२.२६ अंकले बढ्दै २७१४.८१ बिन्दुमा पुगेर बन्द भएको छ । आजको कारोबारमा कुल ३३९ कम्पनीका २ करोड ५१ लाख ८५ हजार कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४...