विश्व विविध

जर्मनीमा दुई स्थानमा गोलीबारी, ८ जनाको मृत्यु

जर्मनीको हनाऊ शहरमा दुई स्थानमा गोलीबारी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । यसमा कम्तीमा पाँच जना घाइते भएको बताइन्छ । घटनाको जानकारी जर्मनीको स्थानीय मिडिया रिपोर्टबाट प्राप्त गरिएको हो । रिपोर्टका अनुसार कुनै अज्ञात हमलाकर्ताले शहरको शिशा बारमा गोली चलाए । हनाऊ नजिकै केसेल्ताद इलाकाको अर्को शिशामा...

उसेन बोल्टसँग दाँजिने मजदुर, जसले खेलमन्त्रीको प्रस्ताव इन्कार गरे

नयाँदिल्ली, ७ फागुन । ओलम्पिक स्वर्ण पदक विजेता उसेन बोल्टसँग तुलना गरिएका भारतको कर्नाटकका एक कन्स्ट्रक्सन मजदुरले भारतीय खेल प्राधिकरणको ट्रायलमा भाग नलिने बताए । भैंसी दौडमा उत्कृष्ट प्रदर्शनपछि, उनलाई ओलम्पिक च्याम्पियन एथलीटसँग तुलना गरिएको थियो । यसबीच केन्द्रीय खेलमन्त्री किरण रिजिजूले उनलाई भारतीय खेल प्राधिकरणको ट्रायलमा भाग लिन...

तीन पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश

बेइजिङ, ७ माघ । बुधबार चीनले तीन अमेरिकी पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। अमेरिकाको चर्चित पत्रिका वाल स्ट्रिट जर्नलमा चीनप्रति भर्खरै प्रकाशित विचारका आधारमा ती पत्रकारलाई चीन छाड्न लगाइएको उक्त पत्रिकाले जनाएको छ। पत्रिकाले माओको शासन कालपछि चीनले एकै मिडियाका यति धेरै विदेशी पत्रकारलाई एकैपटक निष्काशन...

कोरियाका पूर्व राष्ट्रपतिलाई यस कारण १७ वर्ष जेल सजाय

सियोल, ७ फागुन । दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाकलाई १७ वर्ष जेल सजाय सुनाइएको छ । उनी विरुद्ध भ्रष्टाचारको आरोप लागेको थियो । अदालतमा यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरेको हो । सन् २००८ देखि २०१३ सम्म राष्ट्रपतिको पद सम्हालेका म्यूङलाई सन्...

चर्चित गायिका सुस्मिताले सुसाइड नोट लेखेर माइतीमा गरिन् आत्महत्या

कन्नड फिल्मकी चर्चित गायिका सुष्मिताले आफ्नो माइतीमा आत्महत्या गरेको भारतीय संचार माध्यमले जनाएको छ । सुष्मिताले आत्महत्या गर्नुअघि निकै लामो मेसेज पठाएर आफ्नो मृत्युको कारण बताउँदै दोषीलाई कुनै पनि स्थितीमा नछोड्ने आग्रह गरेकी छिन् । यसबारे पुलिसले सोमबार उनकी आमासँग कुराकानी गरेको छ जसमा उनकी आमाले दाइजो उत्पीडनका कारण छोरीले...

कोरोना प्रकोप नियन्त्रण प्रयासः हुबेमा हिँडडुल गर्न प्रतिबन्ध

कोभिड–१९ नाम दिइएको कोरोनाभाइरसको संक्रमण अन्त्यका लागि थप कदमहरु चालेको छ । चीनले प्रकोपको केन्द्रबिन्दु हुबे प्रान्तमा मानिसहरूको गतिविधिमा थप कडाइ गरेको छ। अब हुबेका स्थानीयबासीलाई आपत् परेको बेला बाहेक घरबाहिर ननिस्कन भनिएको छ भने निजी कारको प्रयोगमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाइएको छ। हुबे प्रान्त र राजधानी वुहान नयाँ...

कोरोना भाइरसका कारण पहिलो पटक युरोपमा एक जनाको ज्यान गयो

चीनमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण युरोपमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोभिड–१९ नाम दिइएको नोवेल कोरोना भाइरसको संक्रमणका कारण फ्रान्समा एक जनाको मृत्यु भएको हो । फ्रान्स घुम्न पुगेका चीनको हुबेइ प्रान्तका ८० वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । यसअघि चीनबाहिर जापान, हङकङ...

कलेजका छात्रालाई जबर्जस्ती अण्डरवेयर खोल्न लगाएपछि…

भारतको गुजरातस्थित भुज शहरमा एक कलेजका विद्यार्थी महिनावारी भए नभएको परीक्षण गर्न जबर्जस्ती अण्डरवेयर खोल्न लगाइएको आरोप लागेको छ । श्री सहजानन्द गर्ल्स इन्स्टिच्युट (एएजीआई) का होस्टेल प्रमुखले प्रधानाध्यापकलाई केही युवतीले महिनावारीका बेला होस्टेलको धार्मिक परम्परा तोडेको बताएपछि छात्रामाथि यस्तो गरिएको जानकारीमा उल्लेख छ । प्रधानाध्यापकलाई यसबारे जानकारी दिएपछि...

विवाह मण्डपबाट लखेटिए बेहुला

एक बेहुला आफ्नै विवाह मण्डपबाट लखेटिएका छन् । बेहुलाकी जेठी श्रीमतीले नयाँ बेहुलीलाई उनका बेहुलाको पहिले नै एक जना होइन, दुई जनासँग विवाह भइसकेको जानकारी दिन विवाह स्थल आएपछि उनी लखेटिएका हुन् । करिब ३३–३४ वर्षका आसिफ राफिक सिद्दीकीलाई बेहुलीको परिवारले लछारपछार गर्दै कुटपिटसमेत गरेका छन् । उनीबारे यस्तो...

अन्तर्जातीय विवाह स्वीकार्न गोबर खानुपर्ने पञ्चायतको निर्णय

काठमाडौं, २ फागुन । भारतको उत्तरप्रदेशस्थित झाँसीको प्रेमनगरमा पञ्चायतले एक दम्पत्तीलाई गोबर र गौमुत्र खाने सजाय सुनाएको छ। पञ्चायतले अन्तर्जातीय विवाह गरेका उनीहरुलाई सामाजिक बहिष्कार फुकाउन गोबर र गौमुत्र खाने सर्त राखेको हो। भूपेश यादवले करिब पाँच वर्ष अघि आस्था जैनसँग अन्तर्जातिय विवाह गरेका थिए। दुबै परिवारको सहमतिमै विवाह...