कोभिड–१९ को संक्रमणबाट फ्रान्समा पहिलो पटक एक जनाको मृत्यु
पेरिस, १४ फागुन । कोभिड–१९ को संक्रमणबाट फ्रान्समा पहिलो पटक फ्रान्सेली नागरिकको मृत्यु भएको छ ।
बुधबार फ्रान्सकै ६० वर्षीय नागरिकको मृत्यु पुष्टि भएको हो। राति उनलाई गम्भीर अवस्थामा पेरिस अस्पतालमा पुर्याइएको थियो ।
यसअघि फ्रान्समा कोभिड(१९ को संक्रमणबाट ८० वर्षीय चिनियाँ नागरिक भ्रमणमा रहेको बेला मृत्यु भएको थियो।
फ्रान्समै थप चार जनामा संक्रमण भेटिएको र त्यसमध्ये दुई जना इटालीबाट फर्किएका रहेको डेली मेलले जनाएको छ।
ती चार जनामा संक्रमण भेटिएपछि फ्रान्समा कोरोना संक्रमित नागरिकको संख्या १७ पुगेको छ ।
अहिलेसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ६९ सय पुगेको छ । एजेन्सी
