विश्व विविध
दिनमा साँढे दुई किलो खुर्सानी खाने मानिस ! शरिर जाँच्दा यस्तो भेटियो
एजेन्सी, १६ फागुन । मिठो भोजनको लागि खुर्सानी खानु आवश्यक हुन्छ । खुर्सानी धेरै हालेमा आँखाबाट आँसु झर्ने गर्छ । तर एक व्यक्तिको धेरै खुर्सानी खाने सौख रहेको छ । यी व्यक्तिले एक दिनमा करिब साँढे दुई किलो खुर्सानी खाने गर्छन् । चीनको झेंगझोउमा बस्ने योंग्झीलाई स्थानियले ‘चीली किंग’...
नदीमा खस्यो जन्ती बोकेको बस, २४ जनाको मृत्यु
हेटौंडा, १६ फागुन । जन्ती बोकेको बस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । भारतको राजस्थानमा बुधबार बिहान भएको दुर्घटनामा ३ बालबालिका र १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटाडौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा...
उपराष्ट्रपति एब्टेकरमा देखियो कोरोना भाइरसको संक्रमण
काठमाडौं, १६ फागुन । इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उहँ उच्च अधिकारी हुनुहुन्छ । यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो। उपराष्ट्रपति एब्टेकर वरियतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुनु हुन्छ । इरानमा ४ उपराष्ट्रपति छन्। इरानमा राष्ट्रपति...
सिरियाको हवाई हमलामा २९ टर्किस सैनिक मारिए
सिरियाले गरेको हवाई हमलामा परी टर्कीका कम्तीमा २९ जना सैनिक मारिएको टर्कीका प्रान्तीय गभर्नरले जानकारी दिएका छन् । सिरियाको इदलिबमा भएको सो हमलामा अन्य दर्जनौं सैनिक घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ । द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बिहीवार साँझ...
ट्रम्प र मोदीसँगै देखिएकी यी महिला को हुन ?
काठमाडौं, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारतको औपचारिक भ्रमणका क्रममा हुनु हुन्छ । विश्वकै शक्तिशाली राष्ट्रप्रमुख आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न विमानस्थल नै पुग्नु भयो । भ्रमणका क्रममा ट्रम्प पत्नी एवं प्रथम महिला मेलानिया ट्रम्प पनि उनको साथमा हुनु हुन्छ । तर विमानबाट...
कोभिड–१९ को संक्रमणबाट फ्रान्समा पहिलो पटक एक जनाको मृत्यु
पेरिस, १४ फागुन । कोभिड–१९ को संक्रमणबाट फ्रान्समा पहिलो पटक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । बुधबार फ्रान्सकै ६० वर्षीय नागरिकको मृत्यु पुष्टि भएको हो। राति उनलाई गम्भीर अवस्थामा पेरिस अस्पतालमा पुर्याइएको थियो । यसअघि फ्रान्समा कोभिड(१९ को संक्रमणबाट ८० वर्षीय चिनियाँ नागरिक भ्रमणमा रहेको बेला मृत्यु भएको थियो।...
ट्रम्पले तेन्दुल्कर र कोहलीको नाम गलत भनेपछि…
नयाँदिल्ली, १४ फागुन । भारत भ्रमणको पहिलो दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतीय क्रिकेटर र बलिउड बारे प्रशंसा गर्दा अधिकांश सहभागीले तालीको गडगडाहट दिए । तर केही बेरमै सामाजिक सञ्जाल तात्यो । कारण थियो, ट्रम्पको गलत उच्चारण । अहमदाबादस्थित मोटेरा स्टेडियमबाट ‘नमस्ते ट्रम्प’ कार्यक्रममा बोल्दा उहाँले सचिन तेन्दुल्कर र...
दिल्ली झडपमा ७ जनाको मृत्यु
नागरिकता कानुन संशोधन (सीएए) को विरोधमा सुरु भएको प्रदर्शनका क्रममा उत्तरपूर्वी दिल्लीमा हिंसात्मक भिडन्त भएको छ । दिल्लीमा सोमबारदेखि सुरु भएको हिंसाका क्रममा मंगलबार मौजापुर र ब्रम्हपुरी इलाकामा ढुंगामुढा सुरु भएको छ । दिल्ली हिंसामा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना प्रहरीका हवल्दार रतनलालसमेत...
जब सैनिकको मोबाइलमा युवतीको अर्धनग्न तस्वीर आयो
काठमाडौं, १२ फागुन । इजरायली सेनाका दर्जनौँ सैनिकका स्मार्टफोन युवतीका तस्वीर पठाएर ह्याक गरिएको छ । सेनाका प्रवक्ताका अनुसार युवा महिलाका तस्वीर पठाएर एक एप्लिकेसन डाउनलोड गर्न आग्रह गरियो । सैनिकलाई सो एप्लिकेसन डाउनलोड गर्दा आफ्नो फोन ह्याक हुन्छ भन्ने जानकारी थिएन । इजरायली सेनाले प्यालेस्टिनी समूह हमासमा आवद्धहरू...
ट्रम्पको सुरक्षामा बाँदरको डर, खटाइयो पाँच लंगुर !
एजेन्सी, नयाँदिल्ली १२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतमा पाँच लंगुर पनि खटाइएको छ। ट्रम्प दम्पत्तिले भारतको आगरामा रहेको ताज महलमा भ्रमण गर्ने तालिका रहेको छ। त्यहाँ बाँदर थुप्रै भएकाले उनीहरूसँग लड्न र सुरक्षाका लागि पाँच लंगुर पनि खटाइएको भारतीय सञ्चार इण्डिया टुडेले जनाएको छ। सोमबार...










