विश्व विविध
चिनियाँ राष्ट्रपतिले विश्वकै धनी बिल गेट्सलाई पत्र लेख्नुको यस्तो रहेछ कारण
बेइजिङ, ११ फागुन । चिनियाँ राष्ट्रपति सी चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी बिल गेट्सलाई पत्र पठाएका छन्। कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो। महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व...
आफ्नै गोत्रको केटासँग बिहे गरेपछि परिवारबाटै हत्या
नयाँदिल्ली, ११ फागुन । भारतको दिल्ली नजिकै २५ वर्षीया युवतीलाई आफ्नै गोत्रको केटासँग विवाह गरेको भन्दै परिवारले नै हत्या गरेका छन् । परिवारका सदस्यहरुले नै ती युवतीको हत्या गरी फालिदिएको घटना सार्वजनिक भएको छ । पूर्वी दिल्लीबाट कारमा उनको मृत शरीर राखेर गत जनवरी ३० मा यूपीको सिकन्द्राबादस्थित क्यानलमा...
कोरियामा कोरोना भाइरसको संक्रमित एकैदिन दोब्बरले वृद्धि
दक्षिण कोरियाले कोरोना भाइरसको संक्रमितमा एकैदिन दोब्बरले वृद्धि भएको पुष्टि गरेको छ । दक्षिण कोरियाली अधिकारीका अनुसार शुक्रबार २ सय २९ संक्रमित देखिएकोमा शनिबार संक्रमितको संख्या ४ सय ३३ पुगेको छ । प्रधानमन्त्री चुङ्ग स्ये–क्यिुनले त्यहाँको अवस्थालाई गम्भीर बताएका छन् । दक्षिण पूर्वी शहर देइगु आसपासका अस्पताल र त्यहाँका...
कोरियामा कोरोना त्रास
दक्षिण कोरियाको राजधानी सोलदेखि ३ सय किलोमिटर दक्षिणको ख्याङसान क्षेत्रमा पर्छ थेगु सहर । यही सहरमा काम गर्ने आङपासाङ शेर्पा केही दिनयता निकै बेचैन छन्, कारण सहरमा फैलिइरहेको कोरोना भाइरसको संक्रमण ।कोरियाको चौथो ठूलो सहर थेगुमा विभिन्न कम्पनीहरू छन् । कामका लागि कोरिया पुगेका विभिन्न देशका कामदारको यहाँ उल्लेख्य उपस्थिति छ । तर...
चर्चित फिल्म निर्देशककी छोरी पोर्न स्टार बन्ने यस्तो छ कारण
फिल्म लाइनमा रहेका अग्रजहरूका सन्तान राम्रै भूमिकाबाट फिल्ममा डेब्यु गर्छन्। तर धेरैलाई आश्चर्यचकित पार्दै हलिउडका चर्चित फिल्म निर्माता एवं निर्देशक स्टिवन स्पिलबर्गकी छोरी मिकेला पोर्न स्टार बन्ने तयारी गर्नु भएको छ । आफ्ना अभिभावकको आर्थिक भार घटाउन भन्दै स्टिवनकी २३ वर्षीया छोरी मिकेलाले पोर्न फिल्म खेल्ने निर्णय गर्नु भएको...
जोडिरहेको फोन चार्जर मुखमा हालेपछि… झट्का
ब्राजिलको लुकास दो रियो भेर्देमा ६ महिनाकी एक शिशुले सकेटमा जोडिरहेको मोबाइल चार्जरको तार मुखमा हालेपछि बिजुलीको नराम्रो झट्का लागेको छ । झट्का अत्यन्तै कडा हुनाले घरको बिजुली नै बन्द भएको थियो अनि शिशुलाई बेहोश बनाएको थियो । शिशुको अनुहार र दाहिने हात डढेको छ भने औंलाका टुप्पामा दाग...
चीनका दुई जेलभित्र पनि देखियो कोरोनाभाइरसको संक्रमण, जेलर बर्खास्त
कोरोना भाइरसको संक्रमण चीनका दुई जेलभित्रका कैदीहरुलाई पनि देखिएको छ । पूर्वी चीनको साङडोङ प्रान्तको एक जेलमा दर्जनौं कैदीहरूलाई कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले उक्त प्रान्तका पार्टीका नेता र जेलका अधिकारीहरूलाई बर्खास्त गरेको छ। जिनिङको रेन्चेङ जेलका गार्डलाई फेब्रुअरीको सुरूदेखि खोकी र अन्य लक्षण देखिएका थिए। जेलभित्रका २ हजार...
अमेरिकी राष्ट्रपतिका सल्लाहकारलाई ४० महिना जेल सजाय
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल सजाय सुनाइएको छ । उनलाई जेलसजाय सुनाएकी न्यायाधीशले उनीप्रति घृणा व्यक्त गरेकी छन्। कंग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोन दोषी पाइएका थिए । स्टोनले आफूलाई धम्काएको न्यायाधीशले बताएकी छन्...
कोरोनाभाइरसका कारण थप दुई जापानीको मृत्यु
कोभिड १९ भाइरस भेटिएको डाइमण्ड प्रिन्सेस क्रुज जहाजका दुई यात्रीको मृत्यु भएको छ। जापानी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार, क्वारेन्टाइनका लागि राखिएको उक्त जहाजका दुई जापानी वृद्धवृद्धाको मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय पुरुष र ८४ वर्षीय महिला छन्, जो पहिल्यै संक्रमित थिए। परीक्षणबाट कोभिड १९ देखिएपछि उनीहरुलाई...
भारतको तमिलनाडुमा नेपाली पर्यटक चेढेको बस दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं, ८ फागुन । भारतको दक्षिणी राज्य तमिलनाडुमा गएराति भएको सवारी दुर्घटनामा परी ६ नेपाली नागरिकको मृत्यु भएको छ । २५ जना नेपालीहरू चढेको पर्यटक बस र अर्को बससँग एकापसमा ठोक्किएर दुर्घटना हुँदा २ महिलासहित ६ नेपाली नागरिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ । भारतीय संचारमाध्यमका अनुसार, नेपाली...







