कोरोना भाइरसका बिरामीलाई गोली हानी हत्या !

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १०:५९
फाइल तस्बिर

प्योङयाङ, १७ फागुन । चीनको छिमेकी मुलुक उत्तर कोरियामा कोरोना भाइरसका संक्रमित नभेटिएको दाबी गरिएको छ । उत्तर कोरियाले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ ।

उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरेपनि केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको बताएका छन् ।

तर तिनलाई गोली हानी हत्या गरेको बताइएको छ । उत्तर कोरियाली अधिकारीहरुले भने एक सय ४१ जनामा संक्रमण परीक्षण गरेको तर कसैमा पनि संक्रमण नभेटिएको बताउँदै आएका छन् ।

उत्तर कोरियाले पछिल्लो समय चीनसँगको सीमा बन्द गर्नुका साथै उच्च सतर्कता अपनाएको छ । केही दक्षिण कोरियाली मिडियाले चीनसँग जोडिएका उत्तर कोरियाली सहरमा संक्रमित भेटिएको जनाएका थिए ।

दक्षिण कोरियाली पत्रिका कोसन इल्बोले सिनुइजु सहरमा दुईजना कोरोना भाइरसका बिरामी भेटिएको जनाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*