सिरियाको हवाई हमलामा २९ टर्किस सैनिक मारिए

तु खबर संवाददाता
२०७६ फाल्गुन १६, शुक्रबार ०९:५९

सिरियाले गरेको हवाई हमलामा परी टर्कीका कम्तीमा २९ जना सैनिक मारिएको टर्कीका प्रान्तीय गभर्नरले जानकारी दिएका छन् ।

सिरियाको इदलिबमा भएको सो हमलामा अन्य दर्जनौं सैनिक घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ ।

द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बिहीवार साँझ भएको हवाई हमलामा कम्तीमा ३४ जना मारिएका छन् । घटनापछि टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोआनले सुरक्षा संयन्त्रको उच्चस्तरीय बैठक बोलाएका छन्।

रुसको समर्थनमा सिरियाली सैन्य बलले विद्रोहीहरूको कब्जामा रहेको इदलिब प्रान्त आफ्नो विद्रोहीको कब्जाबाट फिर्ता लिन कोसिस गरिरहेको छ । ती विद्रोहीहरूलाई टर्कीले समर्थन गरेको छ।

टर्कीका राष्ट्रपतिले आफूहरूले स्थापना गरेको सैन्य पोस्टबाट सिरियाली फौजलाई फिर्ता पठाउन चाहेका छन् ।

त्यस तर्फअघि बढ्ने क्रम नरोकिए सिरियामा आक्रमण गर्ने टर्कीले चेतावनी दिएको छ । तर सिरिया सरकार र रुसले त्यस्तो मागलाई अस्वीकार गर्दै आएका छन् । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*