उपराष्ट्रपति एब्टेकरमा देखियो कोरोना भाइरसको संक्रमण
काठमाडौं, १६ फागुन । इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उहँ उच्च अधिकारी हुनुहुन्छ ।
यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो। उपराष्ट्रपति एब्टेकर वरियतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुनु हुन्छ । इरानमा ४ उपराष्ट्रपति छन्।
इरानमा राष्ट्रपति रुहानीको अध्यक्षतामा क्याविनेट बैठक बसेको एक दिनपछि बिहीबार उपराष्ट्रपति एब्टेकरलाई कोरोना भाइरस पोजेटिभ देखिएको न्युयोर्क टाइम्सले जनाएको छ। बैठकमा उपराष्ट्रपति एब्टेकर राष्ट्रपतिको छेउमै बस्नु भएको थियो ।
उपराष्ट्रपति एब्टेकरलाई घरमै क्वारेन्टाइनमा राखिएको उनका सहयोगीले बताउनु भएको छ । उहाँ इरानमा कोरोना संक्रमण हुने सातौँ उच्च अधिकारी हुन्। जसमा यसअघि एक जनाको मृत्यु भइसकेको छ।
इरानमा कोरोनाबाट हालसम्म २६ जनाको मृत्यु भइसकेको छ भने २४५ भन्दा बढी संक्रमित देखिएका छन्। तर, स्वास्थ्य विज्ञहरुले भने इरानमा तीव्र रुपमा कोरोनाको संक्रमण फैलिरहेको र संख्या एक हजारभन्दा माथि पुगेको बताएका छन्।
चीनको वुहानबाट फैलिएको कोरोना भाइरस विश्वका ४७ देशमा पुगिसकेको छ।
