भगवानलाई त्यागेर ४ वर्षदेखि ट्रम्पको पूजा, यस्तो रहेछ कारण (भिडियो)

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १४:०७

नयाँदिल्ली, १७ फागुन । भारतका बुसा कृष्णले चार वर्षयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गरिरहनु भएको छ । उहाँ ट्रम्पलाई भगवान ठान्नुहुन्छ ।

भारतमा घरजग्गा विक्रिको व्यापारमा संलग्न उहाँ ट्रम्पलाई पूजा गरेकै कारण आफ्नो व्यवसाय फस्टाएको विश्वास गर्नु हुन्छ । बुसा कृष्णले ट्रम्पको सानो मन्दिर नै खडा गर्नु भएको छ । जहाँ उहाँ दैनिक पूजा गर्छन्।

उहाँ प्रार्थनामा ‘आइ लभ यु ट्रम्फ, जय ट्रम्प, जय जय ट्रम्प’ भन्नुहुन्छ ।

फेब्रुअरीको २४ तारिखमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमण गरेर स्वदेश फर्किसक्नु भएको छ ।

ट्रम्पले भारतको भ्रमण गर्ने पक्का भएपछि बुसा कृष्णले ट्रम्पको पूजा गर्ने गरेको विषय त्यतिबेला भारतभर चर्चित बनेको थियो।

भारतमा मात्र नभएर यस समाचार अन्तर्राष्ट्रिय संचारमाध्यममा पनि छाएको थियो।

तेलंगणाका बुसा कृष्ण रोयटर्ससँग भन्नुहुन्छ,‘मैले ट्रम्पलाई गर्ने प्रेम भक्तिमा परिणत भयो। जसले मलाई अत्याधिक खुशी दिएको छ। त्यसैले मैले भगवानलाई पुज्न छाडेर ट्रम्पलाई पूजा गर्न थाले।’ एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*