विश्व विविध
भगवानलाई त्यागेर ४ वर्षदेखि ट्रम्पको पूजा, यस्तो रहेछ कारण (भिडियो)
नयाँदिल्ली, १७ फागुन । भारतका बुसा कृष्णले चार वर्षयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूजा गरिरहनु भएको छ । उहाँ ट्रम्पलाई भगवान ठान्नुहुन्छ । भारतमा घरजग्गा विक्रिको व्यापारमा संलग्न उहाँ ट्रम्पलाई पूजा गरेकै कारण आफ्नो व्यवसाय फस्टाएको विश्वास गर्नु हुन्छ । बुसा कृष्णले ट्रम्पको सानो मन्दिर नै खडा गर्नु भएको...
कोरोना भाइरसका बिरामीलाई गोली हानी हत्या !
प्योङयाङ, १७ फागुन । चीनको छिमेकी मुलुक उत्तर कोरियामा कोरोना भाइरसका संक्रमित नभेटिएको दाबी गरिएको छ । उत्तर कोरियाले कोरोना भाइरसबाट बच्न उच्च सतर्कता अपनाइएको छ । उत्तर कोरियाली अधिकारीहरुले अहिलेसम्म कुनै पनि संक्रमित नभेटिएको दावी गरेपनि केही सञ्चारमाध्यमले चीन निकट विज्ञको हवाला दिँदै उत्तर कोरियामा एक संक्रमित भेटिएको...
मंगोलियाका राष्ट्रपति चीनबाट फर्किएलगत्तै क्वारेन्टाइनमा
उलानबटार, १७ फागुन । चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बट्टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ । चीन भ्रमणबाट फर्किएका राष्ट्रपति खल्तमालाई क्वारेन्टाइनमा राखिएको हे । हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका...
‘इन्डियन–२’ को शुटिङका क्रममा ज्यान गुमाएका तीन जनाको परिवारलाई जनही १ करोड दिने
बलिउड निर्देशक एस शंकरले ‘इन्डियन–२’ को सेटमा भएको दुर्घटनामा मृत्यु भएकाका परिवारलाई जनही १ करोड भारु दिने घोषणा गरेका छन् । निर्देशक शंकरले सेटमा ज्यान गुमाएका तीन जना प्राविधिक कृष्णा, मधु र चंद्रनका परिवारलाई आर्थिक सहयोग स्वरुप उक्त रकम दिन लागिएको बताएका हुन् । उनले भने, ‘परिवारलको लागि यो...
श्रीलंकाले एमसीसी सम्झौता नगर्ने, राष्ट्रियहित विपरीत रहेको निष्कर्ष
कोलम्बो, १६ फागुन । श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रियहित विपरीत रहेको निष्कर्ष निकाल्दै सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ । श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा चाहिँ छलफल गर्न सकिने निर्णय गरेको श्रीलंकाली सरकारका प्रवक्ता बन्डुवाल गुणवर्द्धनेले जानकारी दिनु भयो । प्रस्तावित एमसीसी सम्झौताको...
कोरोनाभाइरसः जापानको सबै विद्यालय अप्रिलसम्म बन्द हुने
टोकियो, १६ फागुन । जापानका प्रधानमन्त्री सिन्जो आबेले त्यहाँका सबै स्कुल सोमबारदेखि बन्द गर्न निर्देशन दिएका छन्। आबेले बिहीबार देशका सबै प्राथमिकदेखि हाइस्कुलहरू सोमबारदेखि बन्द गर्न निर्देशन दिएका हुन् जुन बन्द आगामी अप्रिलसम्म चल्नेछ। जापान टाइम्सका अनुसार एक–दुई सातापछि त्यहाँका स्कुलमा स्प्रिङु बिदा सुरू हुनेछ। संसारभर त्रास फैलाइरहेको कोरोना...
दिनमा साँढे दुई किलो खुर्सानी खाने मानिस ! शरिर जाँच्दा यस्तो भेटियो
एजेन्सी, १६ फागुन । मिठो भोजनको लागि खुर्सानी खानु आवश्यक हुन्छ । खुर्सानी धेरै हालेमा आँखाबाट आँसु झर्ने गर्छ । तर एक व्यक्तिको धेरै खुर्सानी खाने सौख रहेको छ । यी व्यक्तिले एक दिनमा करिब साँढे दुई किलो खुर्सानी खाने गर्छन् । चीनको झेंगझोउमा बस्ने योंग्झीलाई स्थानियले ‘चीली किंग’...
नदीमा खस्यो जन्ती बोकेको बस, २४ जनाको मृत्यु
हेटौंडा, १६ फागुन । जन्ती बोकेको बस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । भारतको राजस्थानमा बुधबार बिहान भएको दुर्घटनामा ३ बालबालिका र १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटाडौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा...
उपराष्ट्रपति एब्टेकरमा देखियो कोरोना भाइरसको संक्रमण
काठमाडौं, १६ फागुन । इरानका उपराष्ट्रपति मासूमेह एब्टेकरमा कोरोना भाइरसको संक्रमण देखिएको छ। इरानमा कोरोना भाइरसबाट संक्रमित हुने उहँ उच्च अधिकारी हुनुहुन्छ । यसअघि उपस्वास्थ्य मन्त्री इराज हरिर्चीलाई कोरोना भाइरस देखिएको थियो। उपराष्ट्रपति एब्टेकर वरियतामा राष्ट्रपति हसन रुहानीपछिको शक्तिशाली नेतृ हुनु हुन्छ । इरानमा ४ उपराष्ट्रपति छन्। इरानमा राष्ट्रपति...
सिरियाको हवाई हमलामा २९ टर्किस सैनिक मारिए
सिरियाले गरेको हवाई हमलामा परी टर्कीका कम्तीमा २९ जना सैनिक मारिएको टर्कीका प्रान्तीय गभर्नरले जानकारी दिएका छन् । सिरियाको इदलिबमा भएको सो हमलामा अन्य दर्जनौं सैनिक घाइते भएका छन् । मृत्यु हुनेको संख्या अझ बढी रहेको अनुमान गरिएको छ । द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका अनुसार बिहीवार साँझ...










