कोरोनाभाइरसः इटालीमा थप ४१ को मृत्यु

तु खबर संवाददाता
२०७६ फाल्गुन २३, शुक्रबार १०:०६
filr-photo

इटाली, २३ फागुन । कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ।

योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो।

संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन्। इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ।

संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ। उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ।

यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो मामिला सार्वजनिक भएको अलजजिराले जनाएको छ। सो मृत्यु बिहीबार भएको हो।

यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएको पुष्टि भएको छ। एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*