मंगोलियाका राष्ट्रपति चीनबाट फर्किएलगत्तै क्‍वारेन्टाइनमा

तु खबर संवाददाता
२०७६ फाल्गुन १७, शनिबार १०:५२

उलानबटार, १७ फागुन । चीनको छिमेकी मंगोलियाका राष्ट्रपति बट्‍टुल्गा खल्तमालाई क्वारेन्टाइनमा राखिएको छ । चीन भ्रमणबाट फर्किएका राष्ट्रपति खल्तमालाई क्वारेन्टाइनमा राखिएको हे ।

हालसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि गरिनसकेको मंगोलियाले सुरक्षाका हिसाबले शुक्रबार चीन भ्रमणबाट फर्किएका राष्ट्रपतिसहित अन्यलाई कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा राखिने मंगोलियाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

कोभिड–१९ को संक्रमण देखिएपछि चीन भ्रमण गर्ने खल्तमा पहिलो राष्ट्रप्रमुख हुनुहुन्छ । उहाँ बिहीबार विदेशमन्त्री सोगबटार दामदिन र वरिष्ठ सरकारी अधिकारीहरुसँग चीन भ्रमणमा आउनु भएको थियो ।

राष्ट्रपति खल्तमाले चिनियाँ समकक्षी सी चिनफिङ तथा प्रधानमन्त्री ली खछ्याङसँग भेटवार्ता गर्नुृ भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*