श्रील‌ंकाले एमसीसी सम्झौता नगर्ने, राष्ट्रियहित विपरीत रहेको निष्कर्ष

तु खबर संवाददाता
२०७६ फाल्गुन १६, शुक्रबार १४:४३

कोलम्बो, १६ फागुन । श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रियहित विपरीत रहेको निष्कर्ष निकाल्दै  सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ ।

श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा चाहिँ छलफल गर्न सकिने निर्णय गरेको श्रीलंकाली सरकारका प्रवक्ता बन्डुवाल गुणवर्द्धनेले जानकारी दिनु भयो ।

प्रस्तावित एमसीसी सम्झौताको पुनरावलोकनका लागि बनाएको ४ सदस्यीय कमिटीले तयार पारेको रिपोर्ट प्रधानमन्त्री महिन्दा राजापाक्षले मन्त्रिपरिषद्‍मा बैठकमा पेस गर्नु भएको थियो ।

तत्कालका लागि प्रस्तावित एमसीसी सम्झौतामा हस्ताक्षर नगरे पनि अमेरिकासँग संशोधनका बारेमा भने कुरा गर्न श्रीलंका तयार रहेको गुणवर्द्धनेले बताए ।

प्रस्तावित एमसीसी सम्झौताका केही प्रावधानहरु श्रीलंकाको संविधान र राष्ट्रिय सुरक्षालाई खलल पुर्‍याउने खालका भएको भन्दै हस्ताक्षर नगर्ने निर्णयमा पुगेको उनले बताए।

यदि अमेरिकाले सम्झौताको नयाँ ड्राफ्ट बनाए त्यस विषयमा श्रीलंकाली सरकारले पुनरावलकोन गर्न सक्ने पनि उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*