भारतमा ह्वात्तै बढ्यो कोरोनाको संक्रमण, नेपालमा कस्तो छ अवस्था ?

तु खबर संवाददाता
२०७६ फाल्गुन २१, बुधबार १५:२०
filr-photo

भारतमा बुधबारसम्म कोरोना संक्रमितको संख्या २८ पुगेको छ भने संक्रमण भएको आशंका ७० जनालाई निगरानीमा राखिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार बुधबार मात्र भारतका आगरामा ६ जना, तेलंगाना र दिल्लीमा १–१ जना जयपुरमा इटलीका २ नागरिकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सम्भावित खतरालाई मध्यनजर गर्दैै दिल्ली सरकारले ३.५ लाख एन–९५ मास्कको व्यवस्था गरेको छ ।

नेपालमा भने कोरोना भाइरसका संक्रमितहरु फेला परेको छैन । यसअघि पोखरा र काठमाडौंमा चिनियाँ नागरिकमाथि भाइरसको संक्रमण रहेको शंका गरेपनि उनीहरुमाथि संक्रमण नदेखिएको जनाइएको थियो ।

यद्यपी नेपालले कोरोना भाइरसको उद्यगम स्थल चीनको वुहानबाट १ सय ७५ जना नेपालीलाई उद्दार गरि १४ दिन क्वारेन्टाइनमा राखेर हालै मात्र घर पठाइएको छ । उनीहरुमा भाइरसको संक्रमण नदेखिएपछि सरकारले घर पठाइएको हो ।

यसैगरी सरकारले चीनका हरेका सीमामा उच्च सर्तकता अपनाइएको छ । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिने विदेशी पर्यटकमाथि उच्च निगरानी राखेको छ ।

बागमती पद्रेशले चीनसँग जोडिएको केरुङ, चिसापानी, अन्तर्राष्ट्रिय विमानस्थलमा विशेषज्ञ चिकित्सकको टोली राखेर नेपाल भित्रिनेहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने व्यवस्था गरेको छ ।

सरकारले सबै स्वास्थ्य संस्थाहरुमा भाइरसका संक्रमित भेटिएको अवस्थामा तत्काल उपचारको लागि व्यवस्था मिलाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*