दिल्ली झडपमा ७ जनाको मृत्यु

तु खबर संवाददाता
२०७६ फाल्गुन १३, मंगलवार १३:१७
file photo

नागरिकता कानुन संशोधन (सीएए) को विरोधमा सुरु भएको प्रदर्शनका क्रममा उत्तरपूर्वी दिल्लीमा हिंसात्मक भिडन्त भएको छ ।

दिल्लीमा सोमबारदेखि सुरु भएको हिंसाका क्रममा मंगलबार मौजापुर र ब्रम्हपुरी इलाकामा ढुंगामुढा सुरु भएको छ ।

दिल्ली हिंसामा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना प्रहरीका हवल्दार रतनलालसमेत रहेका छन् । सो हिंसाका क्रममा १ सयभन्दा बढी घाइते भएका छन् ।

मंगलबार बिहानैदेखि ती क्षेत्रको अवस्था तनावपूर्ण रहेको छ । मंगलबार बिहानसम्ममा मौजपुर आसपासका क्षेत्रमा ४५ वटा आगजनीका घटना बाहिर आएका छन् ।

आगो निभाउन गएका दमकलमाथि पनि हमला भएको छ भने आगोसमेत लगाइएको छ । सो क्रममा तीन जना दमकलकर्मी घाइते भएका छन् ।

दिल्लीको अवस्था बिग्रँदै गएपछि दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले आपत्कालीन बैठक बोलाएका छन् ।

हिंसात्मक भिडन्तहरू बढ्दै जाँदा दिल्लीका सीमावर्ती क्षेत्रबाट समेत मानिसहरू आउन थालेपछि सीमा बन्द गर्न र प्रदर्शनकारीमाथि कारबाही गर्न माग उठेको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*