ट्रम्प र मोदीसँगै देखिएकी यी महिला को हुन ?
काठमाडौं, १६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारतको औपचारिक भ्रमणका क्रममा हुनु हुन्छ । विश्वकै शक्तिशाली राष्ट्रप्रमुख आउँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी उनलाई स्वागत गर्न विमानस्थल नै पुग्नु भयो ।
भ्रमणका क्रममा ट्रम्प पत्नी एवं प्रथम महिला मेलानिया ट्रम्प पनि उनको साथमा हुनु हुन्छ । तर विमानबाट उत्रिएलगत्तै ट्रम्प, मोदी र मिलानियासँगै देखिएकी एक युवती चर्चामा हुनुहुन्छ ।
उहाँको हुन् र यति नजिक उहाँ कसरी जान पाउनु भयो भन्ने प्रश्न उब्जिएको छ । उहाँको नाम गुरदीप कौर चावला हो । उहाँ प्रधानमन्त्री मोदीका अनुवादक हुनु हुन्छ ।
उहाँ अमेरिकन ट्रान्सलेटर एशोसियसनको सदस्य पनि हुनुहुन्छ । जबजब विदेश भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण गर्नु हुन्छ, तब उहाँले त्यसलाई अंग्रेजीमा अनुवाद गर्नु हुन्छ ।
यतिमात्रै होइन, गुरदीप चावला प्रधानमन्त्री मोदीका साथ भारतमा पनि विदेशी नेताहरुसँगको भेटवार्ताका क्रममा सँगै देखिनु हुन्छ । प्रधानमन्त्री मोदीले हिन्दीमा भाषण दिएपछि उनी त्यसलाई अंग्रेजीमा अनुवाद गरेर प्रस्तुत गर्नु हुन्छ ।
सन् १९९० मा गुरदीपले भारतीय संसदबाट आफ्नो करियर सुरुवात गरेपनि केही समयपछि उहाँ श्रीमानसँग अमेरिका सिफ्ट हुनु भयो । सन् २०१० मा अमेरिकाका पूर्व राष्ट्रपतिसँग उहाँको अनुवादकका रुपमा गुरदीप भारत आउनु भयो ।
त्यसपछि उहाँ मोदीको अनुवादकका रुपमा जोडिनु भएको हो । गुरदीपलाई अन्य थुप्रै भाषाको समेत ज्ञान रहेको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् । आर्थिक न्युजबाट
