खेलकुद
साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
काठमाडौँ । मनिस डाँगीले गरेको एक गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । माल्दिभ्समा शुक्रबारदेखि सुरु साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । ६९ औं मिनेटमा मैदान प्रवेश गरेका डाँगीले ८६ औं मिनेटमा निर्णायक गोल गरेका...
मनहरी फुटबल : आज २ खेल हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिमा जारी फुटबल प्रतियोगितामा शुक्रबार ३ खेल भएका छन् । मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडीखोलास्थित सिद्धकालीमा असोज १२ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा शुक्रबार स्थानीय ६ वटा क्लबले प्रतियोगितामा भाग लिएका थिए । सो प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा जनसिद्ध युवा क्लब ए लाई ३–०...
मोक्तानद्वारा विभिन्न टोल विकास संस्थालाई खेलकुद सामग्री सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपलिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई नेकपा एमाले जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बिहिबार हेटौंडा–१५ का खुसी टोल विकास संस्था र हाम्रो समृद्धि टोल विकास संस्थाका युवा खेलाडीहरुलाई...
कांग्रेस हेटौंडा–१५ द्वारा जर्सी सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित २ वटा फुटबल टिमलाई जर्सी सहयोग गरिएको छ । उक्त टिमलाई सोमबार एक कार्यक्रमबीच नेपाली हेटौंडा–१५ ले करिब ३५ हजार बराबरको ३ सेट फुटबल जर्सी सहयोग गरेको हो । कांग्रेस हेटौंडा–१५ का सभापति नवराज घलानका अनुसार, चित्रेपानी टोलका खेलाडी टिमलाई १...
खेलकुद क्षेत्रमा राजनीति हावी हुनु हुँदैन – लामा
मकवानपुर । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष एवम् नेकपा एमाले मकवानपुरका नेता सानु लामाले खेलकुद क्षेत्रमा राजनीति हावी हुन नहुने बताएका छन् । आफु खेलकुद विकास समितिमा निर्वाचित भएर आएपछि खेलकुद र राजनीतिलाई छुट्टाछुट्टै रुपमा अघि बढाएकोसमेत उनले बताए । तु खबरसंगको कुराकानीमा उनले राजनीतिक प्रभावका कारण खेलकुद क्षेत्र...
मकवानपुर बक्सिङ संघद्वारा अक्षयकोष स्थापना
मकवानपुर । मकवानपुर जिल्ला बक्सिङ संघले अक्षयकोष स्थापना गरेको छ । मकवानपुरे बक्सिङ खेलाडीहरुको हित र विकासको लागि अक्षयकोष स्थापना गरेको संघका अध्यक्ष दिनेश जोशीले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनका अनुसार, हालसम्म करिव ३ लाख ८१ हजार रुपैयाँ संकलन भएको छ । अक्षयकोषको लक्ष्य ठूलो भएतापनि यसलाई...
मनहरी–३ मा असोज १२ गतेदेखि फुटबल प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ३ हाँडीखोलास्थित सिद्धकालीमा आगामी असोज १२ गतेदेखि फुटबल प्रतियोगिता हुने भएको छ । जनआदर्श समाज युवा मनहरी–३ ले बडादशैंको अवसरमा असोज १२ गतेदेखि २२ गतेसम्म फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको हो । उक्त प्रतियोगिताको लागि आयोजकले तयारी तीव्र पारेको जनाइएको छ ।...
मनहरी–२ का युवालाई खेलकुद सामग्री सहयोग
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा न २ का युवाहरुलाई नेपाली कांग्रेसका नेताहरुले खेलकुद सामग्री सहयोग गरेको छ । कांगेस मनहरी २ को पहलमा कांग्रेस नेता शंखर न्यौपाने र नूरज पौडेलको आर्थिक सहयोग युवाहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । बिहिबार कांग्रेस मनहरी–२ को आयोजनमा बिहिबार भएको एक कार्यक्रमा...
सी डिभिजन छनोट : मकवानपुरको एफसी विजय युथ क्लब पराजित
मकवानपुर । सी डिभिजन लिग बनोट खेलमा मकवानपुरको एफसी विजय युथ क्लब पराजित भएको छ । मंगलबार बिहान ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलको अन्तिम समयमा सम्हालिन नसक्दा एफसी विजय युथ क्लब पराजित हुन पुगेको हो । पहिलो खेलमा व्यहारेको पराजयसँगै एफसी विजयी युथ समूह चरणबाटे बाहिरिने निश्चित भएको छ...
एमाले नेता मोक्तानद्वारा खेलकुद सामग्री सहयोग
मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । मोक्तानले हेटौंडा–१५ का सानोसुकौली टोल...










