मनहरी फुटबल : आज जनसिद्ध, सुन्दर र लामावस्ती क्लब विजयी
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा जारी फुटबल प्रतियोगिताको आज (आइतबार) तीन वटा खेल भएको छ । जनआदर्श समाज युवा क्लबको आयोजनामा गत असोज १२ गतेदेखि मनहरी गाउँपालिका वडा नम्वर ३ मा सुरु भएको उक्त प्रतियोगिताको आज तीन वटा खेल भएको हो ।
आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा जनसिद्ध युवा क्लब विजयी भएको छ । जनउन्नत युवा क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै जनसिद्ध युवा क्लब आज भएको पहिलो खेलको विजयी भएको हो । यस्तै, आज भएको दोस्रो खेलमा सुन्दर युवा क्लब विजयी भएको छन् । खेलमा एफ सि गोगनपानी क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै सुन्दर युवा क्लब विजयी भएको हो ।
यसैगरी, आजै भएको तेस्रो खेलमा लामा बस्ती युवा क्लब विजयी भएका छन् । जुनतारा युवा क्लबलाई ५–० गोल अन्तरले पराजित गर्दै लामावस्ती युवा क्लब विजयी भएको आयोजक समितिका सल्लाकार बिशाल घलानले जानकारी दिए । प्रतियोगितामा आगामी २२ गतेसम्म संचालन हुनेछ ।
जनआदर्श समाज युवा मनहरी–३ ले बडा दशैंको अवसरमा आयोजना गरेको क्त प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने छन् भने सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
