मनहरी फुटबल : एफसी बिजौना र मनहरी युवा क्लब विजयी

तु खबर संवाददाता
२०७८ आश्विन १६,शनिबार १९:२६

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडीखोलास्थित सिद्धकालीमा असोज १२ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा शनिबार २ खेल भएका छन् । प्रतियोगितामा मनहरीका स्थानीय ४ वटा क्लबले भाग लिएका थिए । सो प्रतियोगितामा शनिबार भएको पहिलो खेलमा एफ सी नमूना युवा क्लब (पर्दा) लाई १–० को गोल अन्तरले पराजित गर्दै एफसी बिजौना विजयी भएको छ ।

त्यस्तै दोस्रो खेलमा केदारेश्वर युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित गर्दै मनहरी युवा क्लब रमन्टार विजयी भएको आयोजक समितिका सल्लाकार बिशाल घलानले जानकारी दिए । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडलसहित प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ । सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाईसमेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

आयोजक क्लवका सचिव विक्रमकुमार दोङका अनुसार, प्रतियोगितामा ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेलमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिनेसमेत आयोजकले जनाएको छ । जनआदर्श समाज युवा मनहरी–३ ले बडा दशैंको अवसरमा आयोजना गरेको मनहरी गाउँपालिका वडा स्तरीय नकाउट २०७८ फुटबल प्रतियोगिता आगामी असोज २२ गतेसम्मको सञ्चालन हुने सचिव दोङले बताए ।