खेलकुद

सर्वोत्कृष्ट खेलाडी बने हेटौंडाका बल

मकवानपुर । हेटौंडाका सुनिल बल काठमाडौंमा शनिबार भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबाट व्यावसायिक फुटबल खेलिरहेका बल यो वर्ष लिगको सर्वोत्कृष्ट फुटबल खेलाडी बनेका हुन् । उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेका छन् । उनले लिगभर ६ गोल...

तेस्रो स्थानको लागि नेपाल ओमानसंग भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तेस्रो स्थानको लागि नेपालले आज ओमानसँग भिड्दै छ । अष्ट्रेलियामा यसै वर्ष हुने विश्वकपमा छनोट हुन असफल भएको नेपालले क्वालिफायरको तेस्रो स्थानका लागि भिड्ल लागेको हो । ओमान पनि यसपटक विश्वकपमा छनोट हुन सकेन । दुवै टोली सेमिफाइनलमा पराजित हुँदै...

मकवानपुरको बकैयामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । उक्त प्रतियोगिता घमनटोल स्पोर्टस् क्लबको आयोजनामा यही फागुन १३ र १४ हुने हुने भएको हो । प्रतियोगिता बकैया गाउँपालिका वडा नम्वर ७ स्थित घमनटोल खेल मैदानमा हुने स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । उनले...

टी– २० विश्वकप ग्लोबल क्वालिफायरः आज नेपाल र क्यानडा भिड्दै

काठमाडौँ । ओमानमा जारी आईसीसी टी २० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तरगत नेपाल र क्यानडाबीच आज खेल हुँदैछ । समूह चरणको अन्तिम खेल नेपालले क्यानडासँग खेल्न लागेको हो । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३ः४५ बजे सुरु हुनेछ । नेपालले आजको खेलमा क्यानडालाई पराजित...

स्थापना दिवसको अवसरमा खेलकुद प्रतियोगिता

मकवानपुर । हेटौंडा क्याम्पसले दिन दौड प्रतियोगिताको आयोजना गरेको छ । क्याम्पसले आफ्नो ३२ औं स्थाना दिवसको अवसरमा आयोजित कार्यक्रमअन्तरगत आज पहिलो दिन दौड प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा सागर लामा प्रथम, विवेक राना मगर द्वितीय, शेख स्याङ्तान तृतीय भएका छन् भने छात्रा दौडमा रोशनी घलान प्रथम, सुजता...

ए डिभिजन लिग : आजदेखि ११ औं चरण सुरु

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा आजदेखि ११ औं चरण सुरु हुँदैछ । आज चार क्लब मैदान उत्रिनेछन् । जसमा अन्तिम दुई स्थानको ब्रिगेड ब्वाइज क्लब र च्यासल युथ क्लबबीच प्रतिस्प्रर्धा हुनेछ  भने जावालखेल युथ क्लब र फ्रेण्ड्स क्लबबीच प्रतिस्प्रर्धा हुनेछ । दुबै खेल एकै समयमा हुँदैछ ।...

टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग पराजित

काठमाडौँ । चार देशीय टी–२० सिरिज अन्तरगतको खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटमा भएको खेलमा युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन मात्र बनाएको हो । नेपालका लागि दिपेन्द सिंह ऐरीले सर्वाधिक ४१ रन बनाएका थिए भने...

खेलकुद महासंघ मकवानपुरद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

मकवानपुर । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ मकवानपुरले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको अयोजना गरी वार्षिक कार्यक्रम सावजनिक गरेको हो । महासंघ मकवानपुरका संयोजक सविन मोक्तानले सार्वजनिक गरेको उक्त कार्यक्रम अनुसार, संघले २०७८ सालको फागुन र चैत्र महिनामा  ५ वटा प्रतियोगिता संचालन...

मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने

मकवानपुर । मकवानपुर क्रिकेट एकेडेमी संचालनमा आउने भएको छ । क्रिकेट संघ मकवानपुरका प्रशिक्षक तथा पुर्व राष्ट्रिय खेलाडी रविन गुरुङले उक्त एकेडेमी संचालनमा ल्याउने भएका हुन् । एकेडेमी संचालकका लागि अहिले खेलाडीहरु भर्ना गराउने तयारी भइरहेको बागमती क्रिकेट संघका उपाध्यक्ष प्रेम क्षेत्रीले जानकारी दिए । कोभिड–१९ का कारण राम्ररी...

हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने

मकवानपुर । हेटौंडामा क्षेत्रीय र राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता हुने भएको छ । क्रिकेट एसोसिएसन अफ मकवानपुरले कोरोना भाइरस (कोभिड–१९) महामारी सकिएलगतै हेटौंडामा उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो । संघको शुक्रबार हेटौंडा सम्पन्न साधारणसभाले कोभिडको अवस्था हेरेर प्रतियोगिताको मिति तय गर्ने निर्णय गरेको हो । साधारणसभा संघ अध्यक्ष बासुलाल...