प्रदेश खेलकुद प्रतियोगिता : मकवानपुरे क्रिकेट टोली घोषणा
मकवानपुर । प्रथम बामगती प्रदेश खेलकुद प्रतियोगिताको लागि मकवानपुरे क्रिकेट टोली घोषणा भएको छ । मकवानपुर क्रिकेट संघले सोमबार छनौट क्याप संचालन गरेर करण महत्रा क्षेत्रीको संयोजकत्वमा तीन बैकल्पिक र १४ खेलाडीको नाम घोषणा भएको हो ।
छनोट हुने खेलाडीहरुमा राम नरेश गिरी, गौरब खड्का, युविन बुढाथोकी, विशाल फँयाल, रिजन ढकाल, विपुल खनाल, सुमन सुनार, शुभ भास्कर, समिर चौलागाई, असिम श्रेष्ठ, आकाश घिमिरे, सुवर्ण भट्ट, सक्षम बास्ताकोटी र नक्क्षभ सिमखडा रहेका छन् ।
यसैगरी, विपरल खतिवडा, गौरभ भुषल क्षेत्री र मंदिप महत बैकल्पिकमा रहेका छन् । छनौट भएका मकवानपुरे टोलीले यही फागुन २८ गतेदेखि संचालन हुने बामगती प्रदेश खेलकुद प्रतियोगितामा सहभागिता जनाउने मकवानपुर क्रिकेट संघले जनाएको छ ।
