सर्वोत्कृष्ट खेलाडी बने हेटौंडाका बल

तु खबर संवाददाता
२०७८ फाल्गुन १५, आईतवार ०८:४७

मकवानपुर । हेटौंडाका सुनिल बल काठमाडौंमा शनिबार भएको सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबाट व्यावसायिक फुटबल खेलिरहेका बल यो वर्ष लिगको सर्वोत्कृष्ट फुटबल खेलाडी बनेका हुन् ।

उनले शिल्डसहित ३ लाख रुपैयाँ हात पारेका छन् । उनले लिगभर ६ गोल गर्न सफल भएका थिए । नेपाली राष्ट्रिय फुटबल टिमका समेत नियमित सदस्य रहदै आएका बलले हेटौंडाबाट फुटबल जीवन सुरु गरेका थिए । उनी हेटौंडाको एफसी पोतलामा खेल्ने गर्दथे ।