जाजरकोट भुकम्प अपडेट: मृतकमध्ये १२० शव आफन्तले बुझे

तु खबर संवाददाता
२०८० कार्तिक १९, आईतवार ०९:३८
file-photo

जाजरकोट । जाजरकोट भुकम्पमा परेर मृत्यु भएकामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् ।

गत शुक्रबार राति जाजरकोटको रामेडाँडा केन्द्रविन्दु गरेर गएको भुकम्पमा परेर मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, बाँकी ३७ जना शव पनि आफन्तलाई बुझाउने तयारी भइरहेको छ ।

भुकम्पमा परेर जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् ।

यसैगरी, रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

यस्तै, दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक–एक जना घाइते भएका छन् ।