राष्ट्रिय सभाको बैठकमा भूकम्प पीडितलाई अविलम्ब सहयोग गर्न माग
काठमाडौं । संघीय संसद् अन्तरगत राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरुले भूकम्प पीडितलाई अविलम्ब सहयोग गर्न माग गरेका छन् ।
भूकम्प गएको लामो समय बितिसक्दा पनि उनीहरूले राज्यबाट सहयोग नपाएको भन्दै सांसदहरूले यस्तो माग गरेका हुन् ।
बैठकमा सांसद मायाप्रसाद शर्माले भूकम्प भएको एक वर्ष वितिसक्दा पनि भूकम्प पीडितले राज्यबाट राहत सामग्री नपाएको भन्दै दुःख व्यक्त गरे । उनले भूकम्पका कारण जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थान्तरण गर्नुपर्नेमा जोड दिइन् ।
यस्तै, बैठकमा सांसद कृष्णबहादुर रोकायले पनि प्राकृतिक विपदबाट क्षति बेहोरेकाहरूलाई सहयोग गर्नु राज्यको दायित्व रहेको उल्लेख गरे ।
