भूकम्प प्रभावित क्षेत्रमा चिसोका कारण थप ३ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० मंसिर ३, आईतवार ०९:०१
सांकेतिक तस्वीर

जाजरकोट । भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा चिसोका कारण थप तीन जनाको मृत्यु भएको छ । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका तीन जना वृद्धको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामी रहेका छन् ।

त्रिपालमुनिको बसाइका कारण बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित बनेका छन् ।

यसअघि गत साता नलगाड भेरी र बारेकोटमा गरी चिसोका कारण चार जना दीर्घरोगीको मृतयु भएको थियो ।