नक्कली शरणार्थी प्रकरण : थप एक जना पक्राउ

तु खबर संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १५:३९
सांकेतिक तस्बिर

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मी महर्जन रहेका छन् ।

उनलाई प्रहरीले आजै अदालतमा उपस्थित गराएको छ । प्रहरीले बुधबार ३० जनाविरुद्ध मुद्दा चलाउँदा १४ मध्ये उनलाई पनि फरार सूचीमा राखिएको थियो ।

लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ रुपैयाँ जम्मा गरेको अनुसन्धानबाट खुलेको छ ।

यससँगै शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ । अझै १३ जना प्रहरीको फरार सूचीमा रहेका छन् ।