एमालेद्वारा इजरायलमा अप्ठ्यारोमा परेका नेपालीको तत्काल उद्धार गर्न माग
काठमाडौं । नेकपा एमालेले इजरायलमा अप्ठ्यारोमा परेका नेपालीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार एक वक्तव्य जारी गर्दै हमासले इजरायलमाथि गरेको आक्रमणको निन्दा गरे गर्दै उक्त आक्रमणका परेका नेपाली विद्यार्थीहरुको तत्काल उद्धार गर्न सरकारसँग माग गरेका हुन् ।
घटनामा लर्न एण्ड अर्न योजना अन्तर्गत इजरायलको कृषि फर्ममा काम गर्न र सीप सिक्न गएका १० नेपालीको मृत्यु भएकोमा उनले दुःख व्यक्त गरे । उनले मृतकप्रति श्रद्धान्जली व्यक्त गर्नुका साथै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
घटनामा घाइतेहरुको तत्काल उपचारको बन्दोबस्त गर्न माग गर्दै उनले भने, ‘अप्ठ्यारोमा परेकाहरुलाई उद्धार तथा ज्यान गुमाउनेहरुको शव स्वदेश ल्याई परिवारलाई बुझाउने सुनिश्चितताका लागि म नेपाल सरकारसमक्ष जोडदार माग गर्दछु ।’
