विभाजित नेकपामा एकता प्रयास भइरहेको छ: नेता भट्टराई

तु खबर संवाददाता
२०७७ फाल्गुन २१, शुक्रबार १४:३६
file-photo

ताप्लेजुङ । प्रचण्ड–माधव पक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले विभाजित नेकपामा एकता प्रयास भइरहेको बताएका छन् ।

प्रेस सङ्गठन ताप्लेजुङले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा उनले विभाजित नेकपा एकता प्रयास भइरहेको बताएका हुन् । उनले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताए । उनले भने, “एकता हुने सम्भावना जीवित छ, सबै सङ्गठन एकताको पक्षमा छन्, सबैसँग कुरा भइरहेको छ ।”

एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको उनले बताए । नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको उनको जिकिर थियो । प्रचण्ड –माधवले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*