एमाले नेता भट्टराई आज मनहरी आउने

तु खबर संवाददाता
२०७८ मंसिर १, बुधबार ०८:२५
file-photo

मकवानपुर । मकवानपुरको मनहरीमा आज नेकपा एमाले प्रचारप्रसार विभाग प्रमुख योगेश भट्टराई आउने भएका छन् । बिहीबार नेकपा एमाले मनहरीको गाउँकमिटीको सपथ ग्रहण गराउन भट्टराई बुधबार मनहरीमा आउने कार्यक्रम तय भएको नेकपा एमाले मकवानपुरले जनाएको छ ।

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा जानकारी दिन बुधबार चितवनमा आयोजना हुने पत्रकार सम्मेलनपश्चात भट्टराई मनहरी आउने एमाले मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदीले बताए । एमाले मनहरीमा सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय कमिटी चयन भएको थियो ।