समाचार

मकवानपुरका ३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

मकवानपुर । आज र भोलि दुई दिन गरी मकवानपुर जिल्लाका ३२ हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । सरकारले संचालन गरेको भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान अन्तरगत मकवानपुरका बालबालिकालाई ३२ हजार २ सय ४२ जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने भएको हो । यस्तै, उक्त अभियान अन्तरगत जिल्लाका...

हेटौंडा उपमहानगरद्वारा आगलागी पीडितलाई सहयोग

मकवानपुर । आगलागी भई घर पूर्ण रुपमा क्षति भएका हेटौंडा–६, रामनगरका आत्मलाल  चौलागाईँलाई खाद्यान्न सामग्री सहयोग भएको छ । हेटौंडा उपमहानगरपालिकाले बुधबार आगलागी पीडित चौलागाईँको घरमा पुगेर खाद्यान्न सामग्री चामल, दाल, नुन, तेल, चिउरा, चिनी, साबुन  सहयोग गरेको हो । हेटौंडा उपमहानगपालिकाका उपप्रमुख राजेश बानियाँ, हेटौंडा–६ का वडाध्यक्ष विष्णुबहादुर...

खुल्ला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आयोजित खुल्ला वक्तृत्वकला प्रतियोगितामा आकांक्षा निरौला प्रथम भएकी छन् । आँचल साहित्य कला पुञ्ज मकवानपुरको आयोजनामा बुधबार सम्पन्न उक्त प्रतियोगितामा निरौला प्रथम भएकी हुन् । उक्त प्रतियोगिता ३१ औं पारिजात स्मृति दिवसको अवसरमा हेटौंडा–१० नम्वर वडा कार्यालयको आर्थिक सहयोग भएको हो । प्रतियोगितामा...

चौथो हेटौंडा मेयर कपको उपाधि वडा नम्बर ४ ले हात पार्यो

मकवानपुर । चौथो हेटौंडा उपमहानगरपालिका वडा स्तरीय मेयर कप फुटबल प्रतियोगिता–२०८० को उपाधि हेटौंडा–४ ले हात पारेको छ । हेटौंडा–५ स्थित पिप्ले रंगशालामा बुधबार सम्पन्न फाइनल खेलमा हेटौंडा–१४ लाई पराजित गर्दै वडा नम्वर ४ ले उपाधि हात परेको हो । हेटौंडा–४ ले १४ नम्वर वडालाई सडनडेथमा ६–५ गोलअन्तरले पराजित...

स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । स्वीकृति नभएका पाठ्यपुस्तक प्रयोग गर्ने विद्यालयलाई कारबाही गरिने भएको छ । पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै कानुनी व्यवस्था विपरीत पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक तथा विदेशी पाठ्यपुस्तकहरु प्रयोग गर्ने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको हो । सबै स्थानीय सरकार एवम् शिक्षा विकास तथा समन्वय इकाइहरुलाई...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको र त्यसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको जनाएको छ । यस्तै, आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा...

दुर्घटनामा परेर ८ जना चिनियाँ पर्यटक घाइते

पोखरा । पोखराको राष्ट्र बैंक चोकमा माइक्रो र स्कार्पिओ एकापसमा ठोक्किएर दुर्घटना हुँदा ८ जना चिनिया पर्यटक घाइते भएका छन् । ड्यासाइडबाट रत्नचोक तर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङ चोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रो हाइस एकापसमा ठोक्किएर दुर्घटना भएको...

आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं । सरकारले आजबाट बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । आजबाट देशको ७५३ वटा पालिकामा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भोलिसम्म संचालन हुने उक्त कार्यक्रम अन्तरगत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई खुवाइन्छ ।...

पारिजात स्मृति सम्मान मास्केलाई प्रदान

मकवानपुर । पारिजात स्मृति साहित्य सम्मान २०८० साहित्यकार एवम् स्वास्थ्य सेवी डा. महेश मास्केलाई प्रदान गरिएको हो । ३१ औं पारिजात स्मृति दिवसको अवसरमा बुधबार हेटौंडामा आयोजित एक कार्यक्रमबीच साहित्यकार मास्केलाई पारिजात स्मृति सम्मान प्रदान गरिएको हो । मास्केलाई १५ हजार पाँच सय ५५ रुपैयाँ राशीको सम्मान प्रदान गरिएको...

बागमती नदीमा डुबेर खड्काको मृत्यु

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–१ ओख्रेनी चिलाउनेस्थित बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १९ वर्षीय युवक अनिल खड्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, खड्काको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । मृतक खड्का रामेछापको उमाकुण्ड गाउँपालिका–२ घर भई काठमाडौं सितापाईला बस्दै आएका...